त्रियुगामा काँग्रेस र एमाले मेयर उपमयेर

२0७९ जेष्ठ १६ सोमबार
त्रियुगामा काँग्रेस र एमाले मेयर उपमयेर

उदयपुर

भर्खरै सम्पन्न स्थानीयतह निर्वाचनमा त्रियुगा नगरप्रमु्ख नेपाली काँग्रेसका बसन्त बस्नेतले जितेका छन् भने उपप्रमुख नेकपा (एमाले)की महेश्वरी राई विजयी भएकी छिन् ।


सोमबार दिउसो सार्वजनिक परिणाम अनुसार १३ हजार ९ सय ५९ मत पाएर बस्नेत मेयर जितेका हुन् । उनका निटकतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत प्राप्त भएको छ । मेयरका अर्का प्रत्यासी नेकपा (एकीकृत समाजबादी)का बलदेव चौधरीले ९ हजार १ सय ४७ मतमा चित्त बुझाउनु् परेको छ । उनी यसअघिका मेयरसमेत हुन् । 


त्यसैगरी उपमेयरमा विजयी राईले १३ हजार ७ सय ३ मत प्राप्त गरेकी छिन् । उनकी निटकटम प्रतिद्वन्द्वी सरिता राईले ११ हजार ९ सय ८१ मत पाएकी छिन् ।   उपमेयरकी अर्की प्रत्यासी माओबादीकी गीता खड्का कार्कीलाई ६ हजार ५ सय ६८ मत प्रापत भएको छ । 


सत्ताधारी दलहरुबीचको देशव्यापी गठबन्धन गर्ने केन्द्रीय नीतिलाई चुनौति दिदै त्रियुगामा एक्लै लडेको काँग्रेसले १६ वडामध्ये बहुमत कब्जा गरेको छ । काँग्रेसले ८ वडा सुविधाजनक जितेका छ भने १० नं. मा एमालेसँग बराबर भएपछि गोला प्रथा प्रक्रिया अपनाउदा गुमाउन पुगेको छ । 


काँग्रेसका यसअघिकै वडाध्यक्ष प्रकाश खड्का र एमालेका किरण पाण्डेले समान १ हजार ५३ मत पाएपछि परिणाम निकाल्न निर्वाचन अधिकृतको कार्यालयले गोला प्रथा प्रक्रिया अपनाएको थियो । जसमा वडा हाँक्ने भाग्यमानी पाण्डे सावित हुन पुगेका हुन् । वडाध्यक्षबाहेक बाँकी ४ स्थान एमालेकै भागमा परेको छ । 


काँग्रेसले नगरपालिकाका ९ वडा जित्दा एमालेको भागमा ४ र माओबादीले ३ वडाध्यक्ष हात पार्न सफल भएका छन् । काँग्रेसबाट जित्ने वडाध्यक्षहरुमा १ मा मनोज चौधरी, ३ तिलक कटुवाल, ४ म्ँ बद्री बस्नेत, ५ मा उद्धव थापा, ८ मा राजकुमार राउत, ९ मा राजकुमार दनुवार, ११ मा सुमन्त कोईराला, १२ मा चुडाराज काफ्ले र १३ मा नविनकुमार चौधरी चुनिएका छन् । 


एमालेबाट २ नं. मा घमामनसिंह खत्री, ६ नं. मा योगेन्द्र दाहाल, ७ मा अम्मर दनुवार र १० मा किरण पाण्डे वडाध्यक्ष जितेका छन् । त्यस्तै माओबादीको तर्फबाट १४ मा हिमराज मगर, १५ मा गणेश तिम्सीना र १६ मा मानबहादुर राई वडाध्यक्ष जितेका छन् । 


अघिल्लो चुनावमा मेयरसहित वडा न. २, ३, ४, ११, १२, १३ मा वडाध्यक्षसहित प्यानलै जितेको र्एमालका लागि यो चुनावको परिणाम निकै पीडादायी बन्न पुगकेो छ । सदरमुृकाम रहेकै वडाहरु १० मा गोलाप्रथाबाट जित्न सफल भए पनि गाईघाट बजार रहेको ११ र १२ मा फराकिलो मतान्तरले काँग्रेसबाट पराजित हुनु परेको छ । 


गाईघाट बजार ११ मा एमालेका वडाध्यक्ष उम्म्ेदवारलाई काँग्रेसभन्दा ६ सय ३ मत कम परेको छ । एमालेका दिलबहादुर तामाङले १ हजार ३ सय ४ मत ल्याउँदा काँग्रेसका सुमन्त कोईरालाले १ हजार ६ सय ३७ मत ल्याएका छन् । एमालेले ११  मा प्यानलै ल्याउन भने काँग्रेसलाई रोक्न सफल भएको छ । 


खुल्ला सदस्यतर्फ विष्णु श्रेष्ठ एमालेबाट विजयी भएका छन् । एउटा खुल्ला सदस्यमा काँग्रेसका भिमचन्द्र राईले जितेका छन् भने महिला खुल्लातर्फ बिमला राई र दलित महिलामा निला कार्की ढोली जितेका छन् ।     


गाईघाटसँग जोडिएको १२ नं. मा ४ सय ३४ मत ल्याएर वडाध्यक्ष जितेका चुडाराज काफ्लेभन्दा एमालेका रमेश राउत ३१ मतले हार्न पुगे । माओबादीका नविन राई काफ्लेभन्दा ३५ मत कम ल्याए । ४ सय ३४ मत ल्याएर काफ्ले वडाध्यक्ष जित्दै गर्दा राउतलाई ४ सय ८ र राईलाई ४ सय ४ मत आएको छ । 

 

१२ मा काँग्रेसले प्यानलै जितेको छ । जसका सदस्यहरुमा खुल्लातर्फ लक्ष्मीनारायण चौधरी र दिलसेर अलि मिया, महिला सदस्य अनिता थापा तथा दलित महिला सदस्य रामकली विश्वकर्माले जितेका छन् ।