ट्रक दुर्घटनामा चालकसहित ४ को निधन

२0७९ जेष्ठ १६ सोमबार
ट्रक दुर्घटनामा चालकसहित ४ को निधन

उदयपुर

कटारी–घुर्मी खण्डको सिद्धिचरण लोकमार्गमा सोमबार विहान ट्रक दुर्घटना हुँदा  ४ जनाको ज्यान गएको छ । पथलैयाबाट सिमेन्ट बोकेर सोलु हाईड्रोपावरका लागि जाँदै गरेको ना ८ ख ८२९७ नं. को ट्रक कटारी नगरपालिका १४ भदौरेमा दुर्घटना हुँदा चालकसहित ४ जनाको ज्यान गएको हो । 


मृत्यु हुनेमा चालक बारा जिल्ला सिम्रा उप महानगरपालिका १ का ३३ वर्षीय सुदिप घलान, सहचालक सोही ठाउँका २५ वर्षीय निकेश खड्का, सोही ठेगानाका १७ वर्षीय अनोज लामा र ३७ वर्षीय राजन तामाङ रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सडकमा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको गाडी सडकभन्दा झण्डै १ सय मिटर तल खसेको छ । 


दुर्घटनाको खवर आएलगत्तै प्रहरी निरीक्षक कमाण्डको टोली घट्नास्थल पुगेर स्थानीय प्रहरी चौकीको संयुक्त पहलमा लास निकाल्ने कार्य भईरहेको इप्रका प्रमुख डिएसपी मानबहादुर राईले बताए । उनका अनुसार घट्नाबारे विस्तृत जानकारी आउन भने थप अनुसन्धान सुरु भएको छ ।