त्रियुगाका बहुमत वडाध्यक्षमा काँग्रेस विजयी

२0७९ जेष्ठ १५ आईतवार
त्रियुगाका बहुमत वडाध्यक्षमा काँग्रेस विजयी

उदयपुर

यसपटकको स्थानीयतह चुनावमा त्रियुगा नगरपालिकामा बहुमत वडामा नेपाली काँग्रेसले कब्जा गर्ने निश्चित भएको छ । जम्मा १६ वडा रहेको त्रियुगामा हालसम्म प्राप्त परिणाम अनुसार ७ वडा जितिसकेको काँग्रेसले बाँकी ३ मा पनि अग्रता कायम राखेको छ । 


सार्वजनिक परिणाममध्ये काँग्रेसले ७ वडा जित्दा नेकपा (एमाले) र नेकपा (माओबादी) ले ३÷३ वडाध्यक्ष जितिरहेका छन् । काँग्रेसको भागमा १, ३, ४, ५, ८, ९ र १३ नं. वडाध्यक्ष परिसकेको छ भने धेरैजसोमा प्यानलै छ । एमालेले २, ६ र ७ नं. वडाध्यक्ष जित्दा माओबादीले १४, १५ र १६ नं. मा प्यानलै जितेको छ । 


हाल गणना भईरहेका १०, ११ र १२ मा पनि काँग्रेस नै अघि छ । दिउँसो ४ः०० बजेको परिणाम अनुसार १० मा काँग्रेसका प्रकाश खड्का एमालेका किरण पाण्डेभन्दा १५ मतले अघि छन् । खड्काले ४ सय २३ मत पाईरहदा पाण्डेले ४ सय ८ ल्याएका छन् भने नेकपा माओबादीका ज्ञानेन्द्र मगरलाई २ सय ३० मत पर्दैछ । 


११ नं. मा काँग्रेसका सुमन्त कोईराला १ सय २३ मतान्तरले एमालेभन्दा अघि छन् ।  एमालेका दिलबहादुर तामाङले २ सय ७२ मत पाईरहँदा कोईरालाले ३ सय ९५ मत प्राप्त गरिसकेका छन् । एकीकृत समाजबादीका कालीदास राई (किशन)लाई १ सय ६ मत परिरहेको छ । 


निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार वडा नं. १२ को गणनामा पनि काँग्रेसका चुडा काफ्ले अगाडि छन् । काफ्लेलाई १ सय १ मत पर्दा एमालेका रमेश राउतले ९५ र माओबादीका नविन राईले ८५ मत ल्याउँदैछन् । 


३ वटा वडाको गणना भईरहँदासमम मेयरमा काँग्रेसका बसन्त बस्नेत झण्डै २ हजारको मतान्तरले एमालेभन्दा अगाडि छन् । बस्नेतले ११ हजार ८ सय ८२ मत प्राप्त गर्दै गर्दा एमालेका भागवत राउतले ९ हजार ९ सय ४२ मत पाईरहेका छन् । एकीकृत समाजबादीका बलदेव चौधरीले ७ हजार ९ सय ७७ मत पाईरहेका छन् । 


उपमेयरमा भने काँग्रेस झण्डै साढे ६ सयले पछि परिसकेको छ । एमालेकी महेश्वरी राईले काँग्रेसकी सरिता राईभन्दा साढे ६ सय बढी मत पाईरहेकी छिन् । एमालेले ११ हजार १ सय ५५ मत पाउँदा काँग्रेसले १० हजार ४ सय ६ मत पाउँदैछ । अर्की प्रतिस्पर्धी माओबादीकी गीता खड्का कार्कीलाई ५ हजार ९ सय १२ मत परिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ाईरहेकी छिन् ।