त्रियुगा १३ मा काँग्रेसका नविन चौधरी वडाध्यक्ष

२0७९ जेष्ठ १३ शुक्रबार
त्रियुगा १३ मा काँग्रेसका नविन चौधरी वडाध्यक्ष

उदयपुर

त्रियुगा नगरपालिका १३ को वडाध्यमा नेपाली काँग्रेसका नविन चौधरी विजयी भएका छन् । शुक्रबार विहान घोषित नतिजा अनुसार चौधरीले ९ सय ६० मत प्राप्त गरी विजयी भएका हुन् ।  


उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामप्रसाद कट्टेललाई ९ सय २३ मत परेको छ भन नेकपा (एकीकृत समाजबादी) की पशुपति चौधरीले ३ सय ८१ मत पाएकी छिन् । उनी यसअघिकी वडाध्यक्ष हुन् । 


उता वडा नं. ३ मा पनि काँग्रेसकै तिलक कटुवाल विजयको सम्मुख भईसकेका छन् । उनले एमालेका धर्म तामाङभन्दा १ सय ८२ मतले पछि पार्दै ९ सय ४३ मत ल्याईरहेका छन् । तामाङलाई ७ सय ५ मत पर्दैगर्दा एकीकृत समाजबादीका अवधेशप्रसाद चौधरीले भने ४ सय ४० तथा राप्रपाका रामबहादुर श्रेष्ठले १ सय ३ मत पाईरहेका छन् । चौधरी पनि यसअघिकै वडाध्यक्ष हुन् । 


मेयरमा काँग्रेसकै बसन्त बस्नेत ६ हजार २ सय २६ मत लिएर निकटन प्रतिद्वन्द्वी बलदेव चौधरीभन्दा ९ सय ५० मतले अघि छन् । एमालेका भागवत राउतभन्दा १ हजार ६ सय ३३ मत बढी बस्नेतलाई परेको छ । चौधरीले ५ हजार २ सय ७६ मत पाईरहदा राउतले ४ हजार ६ सय ९३ मत पाईरहेका छन् । 


त्यसैगरी उपमेयरमा पनि काँग्रेसकै सरिता राईले ५ हजार ६ सय ३१ मत पाएर अग्रता कायम राखेकी छिन् । उनलाई एमालेकी महेश्वरी राईले ६ हजार २ सय ३० ले पछ्र्यइरहेकी छिन् भने माओबादीकी गीता खड्का कार्कीले ४ हजार ७९ मत पाईरहेकी छिन् ।  


३८ हजार ४ सय ५ मत खसेको त्रियुगामा १, २, ३ र १३, १४, १५ तथा १६ नं. को मत गणना सकिएको छ भने ४ र ५ को गणना भईरहेको छ । अव ६, ७, ८, ९, १०, ११ र १२ नं. को गन्न बाँकी छ । हालसम्म १, ३ र १३ मा काँग्रेसले वडाध्यक्ष जित्दा १४, १५ र १६ मा माओबादी केन्द्रले जितेको छ भने २ नं. मा एमालेले विरुवा रोपिरहेको छ । 


हालसम्म १७ हजार ४ सय १४ मत मात्र गणना भईरहेको त्रियुगामा घना मत खसेको गाईघाट क्षेत्रका वडा नं. १० बोक्से ११ बजार र १२ पुरानो गाईघाटको गणना नभएसम्म कसको पोल्टामा के पर्छ भन्न सक्ने अवस्था छैन ।