बिप्लब रौता पोखरीमा

२0७९ जेष्ठ १२ बिहीबार
बिप्लब रौता पोखरीमा

उदयपुर

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (बिप्लव) उदयपुर आएका छन् । पार्टी केन्द्रीय समितिको ‘१३ औं पूर्ण बैठक’मा सहभागी हुन बिप्लव उदयपुर आएका हुन् । 


बिहीबारदेखि सुरु भएको बैठक रौतामाई गाउँपालिकाको रौतापोखरीक्षेत्र आसपास एक घरमा भईरहेको छ । बैठकमा महासचिव बिप्लबले १३ औँ राजनीतिक प्रस्ताव तथा आगामी ९ औँ महाधिवेशनको कार्यदिसाबारे प्रस्ताव पेश गरेका छन् । 


प्रस्तुत प्रस्तावमाथि बैठकमा सहभागी ५८ जना केन्द्रीय सदस्य र २ जना सल्लाहकार समिति सदस्यहरुले १३ गतेदेखि टिप्पणी गर्ने कार्यक्रम छ । त्यसपछि सामुहिक छलफलमार्फत बैठकले भावी कार्यदिसा र प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले बताए । 


महासचिव बिप्लवको अध्यक्षतामा बसेको बैठकमा प्रवक्ता तथा सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अर्का सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिबेक कुमाललगायतको सहभागिता रहेको पौड्यालले बताएका छन् । 


बिप्लव नेतृत्वको नेकपाको गठन ०७१ मंसिर ८ गते भएको थिाये । सुरुदेखि भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता र जनजीविकाको विषयमा खरो लागी पर्न थालेको पाटीले स्थापनाको केही समयपछि नै एनसेलमाथि कर छलीको आरोप लगाउँदै जनकारबाहीस्वरुप बम विष्फोट गराएको थियो । त्यसलगत्तै ०७४ भएको प्रदेश तथा प्रतिनिधि चुनावताका दर्जनौं ठाउँमा बम विष्फोटन र विद्युतीय धराप पड्काएपछि प्रतिबन्धमा परेको थियो । 


एमाले र माओबादी मिलेर बनेको गठबन्धनले झण्डै दुईतिहाई बहुमत पाएको ६ महिनापछि दुई पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको सरकारका तत्कालीन प्रधानमन्त्री केपी ओलीले बिप्लव नेतृत्वको नेकपाको गतिबिधि रोक्न भन्दै ०७५ मंसिर २८ गते प्रतिबन्ध लगायो । प्रतिबन्धपछि भूमिगत भएको पार्टी नेता कार्यकर्ताहरुको खोजीखोजी कारबाही गरिरहेका ओलीले ०७७ पुल ६ गते संसद बिघटन गरेपछि एकाएक वार्ता समिति गठन गरेर बिप्लवलाई नजिक बनाए । 


संसद बिघटनपछ तत्कालीन कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ट नेताहरु माधव नेपाल र झलनाथ खनालको चर्को बिरोध हुन थालेपछि ओलीले बिप्लवको सहारा लिन वार्तालाई निश्कर्षतिर लाँदै ०७७ फागुन २१ गते पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरिदिए । फुकुवापछि वैज्ञानिक समाजबादको नारा लिएर संगठन विस्तारमा लागेका बिप्लवले ०७९ वैशाख ३० गते घोषित चुनावमा सहभागी हुने निर्णय गरे । 


चुनावमा सहभागी हुने निर्णयपछि पार्टीभित्रै एउटा पक्षले संसदीय चुनाव अपनाएकोमा बिरोध गर्दै अलग हुने निर्णय भयो जस अनुसार एकले अर्को पक्षलाई कारबाही गर्नेसम्म काम भएको छ । अहिले बसेको बैठक पार्टीभित्रको अन्तरकलहबारे दिसा दिर्नेश गर्नका लागि हो भन्नेहरुको पनि कमी छैन । 


यो बैठकमार्फत बिप्लवले नेकपालाई संसदीय व्यवस्थामा समाहित गर्दै राष्ट्रिय राजनीतिक मुलधारमा ल्याउने निर्णय गराउलान् नगराउलान् त्यो कुर्न भने यो बैठक सकिन दिनुपर्छ ।