कटारी नगरमा गठबन्धनको अग्रता

२0७९ जेष्ठ ९ सोमबार
कटारी नगरमा गठबन्धनको अग्रता

उदयपुर

गत वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचनमा कटारी नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । सोमबार साँझ ७ः०० बजेसम्मको परिणाममा गडबन्धनका उम्मेदवार नेपाली काँग्रेसका राजेशचन्द्र श्रेष्ठ एमालेभन्दा झण्डै ४ सयले अगाडि छन् । 


गठनबन्धनका श्रेष्ठले ४ हजार ८ सय ४० मत पाउँदा एमालेका ज्ञानेन्द्र श्रेष्ठलाई ४ हजार ४ हजार ४ सय ४९ मत परिरहेको छ । उपम
यरमा भने एमालेले निकै फराकिलो अन्तरले गठबन्धनलाई पछि पारिरहेको छ । एमालेकी मीना खड्काले ४ हजार ७ सय २२ मत पाउँदा गठबन्धनबाट उठेका माओबादीका बिनोद कटुवाललाई २ हजार ८ सय ९८ मत पररिहेको छ । एकीकृत समाजबादीका उपमेयर उम्मेदवार हृदय तामाङले कटुवालभन्दा एक मत मात्र कम २ हजार ८ सय ९७ मत ल्याईरहेका छन् । 


माओबादीबाट बिद्रोही उम्मे्दवार केपी बराल ३ हजार ६ सय १५ मत ल्याएर तेस्रो स्थानमा आईपुगेका छन् । उपमेयरमै काँग्रेसका बागी कृष्ण थापाले २ हजार ६ सय ५८ मत ल्याएर तेस्रो स्थान ओगट्दैछन् । मेयरमा काँग्रेसका बागी बालकृष्ण थापाले १ हजार ९ सय ५० मत पाईरहेका छन् । 


मतदान अधिकृत राजकुमार राउतका अनुसार नगरपालिकाका १४ वडामध्ये ११ वटाको परिणाम आईसकेको छ भने ३ वटाको बाँकी छ । ३ वटा वडामा झण्डै ७ हजार मतमध्ये १ हजार बढीको गणना भईसकेको छ । पुरै नगरपालिकामा खसेको २५ हजार ७ सय ५३ मतमध्ये १९ हजार ३ सय ९० मत गणना भईसकेको राउतले बताए ।


अहिले ३ नं. वडामा खसेको २ हजार ६ सय २४ मतको गणना अन्तिम चरणमा पुगेको छ । यसपछि २ र १ नं. को मत गन्न बाँकी रहनेछ । १ मा २ हजार ६३ र २ मा २ हजार ४ सय ८६ मत खसेको छ । यसपटक धेरै मत बदर भएकाले परिणाम कसको पक्षमा आउँछ भन्ने आँकलन गर्न गाह्रो भएको मतगणना कर्मचारीहरुको भनाई छ । हालसम्म गणना भएको १५ हजार ३ सय ९९ मतमधये ३ हजार ९ सय ९१ मत बदर भईरहेको राउतले बताएका छन् । 


मेयरमा पछि परेको एमालेले वडाध्यक्षतर्फ भने बहुमत वडाहरु जितिसकेको छ । घोषित १० वटा वडाको परिणाम अनुसार एमालेले ५, ६, १०, ११ र १४ मा कब्जा जमाईसकेको छ । ५ मा मोहन तामाङ, ६ मा प्रेमबहादुर मगर, १० मा क्षेत्रबहादुर खड्का, ११ मा अनन्त आयु, १३ मा विष्णु श्रेष्ठ र १४ मा अम्बरबहादुर मगर एमालेबाट वडाध्यक्ष विजयी भएका छन् । 


वडा नं. ४ र ८ मा भने स्वतन्त्र उम्मेदवार भूपेन्द्र तामाङ र नविन्द्रकुमार तामाङ वडाध्यक्षमा बाजी मार्न सफल भएका छन् । एकीकृत समाजबादीका बेगबहादुर आलेले ९ नं.मा, काँग्रेसबाट सविन ढुंगाना ७ नंं. र माओबादी केन्द्रका यम्बर कटुवाल १२ नं. मा वडाध्यक्ष चुनिएका छन् ।