मिस नेपालमा सहभागी बलात्कृत महिलालाई न्याय माग्दै विरोध प्रदर्शन

२0७९ जेष्ठ ८ आईतवार
मिस नेपालमा सहभागी बलात्कृत महिलालाई न्याय माग्दै विरोध प्रदर्शन

उदयपुर

आठ वर्षअघि सम्पन्न एक सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा बलात्कृत भएकी महिलालाई न्याय माग्दै आईतबार उदयपुृरमा बिरोध प्रदर्शन भएको छ ।  ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा भाग लिएकी सुस्मितालाई होटलमा लगेर बलात्कार गर्ने आयोजकलाई कारबाही गर्न दबाब दिन सदरमुकाम गाईघाटमा युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । 


स्थानीय युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुर, महिला सशक्तिकरण स्रोत केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल र स्थानीय अधिकारकर्मी सहभागी भए । पीडितलाई न्याय दिलाउन राज्यलाई दबाब दिने उदेश्यले मानव अधिकारकर्मी तथा महिला अधिकारकर्मीको सहभागितामा युवा जमातले प्रदर्शन गरेको स्थानीय रञ्जना मगरले बताईन् । 


अर्का युवा सीताराम राउतले अन्यायको विरुद्ध आवाज उठाउन युवाहरुले दबाबमुलक प्रदर्शन गरेको बताए । कार्यक्रममा दोषीलाई हदैसम्मको कारबाही गर्न, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनको हदम्याद हटाउने व्यवस्था गर्न, सुन्दरी प्रतियोगिता खारेज गर्न, पीडितलाई न्याय दिलाउन माग गरिएको थियो । 


आठ वर्षअघिको सुन्दरी प्रतियोगितामा सहभागी सुस्मितालाई आयोजक मनोज पाण्डेले होटलमा बोलाएर बलात्कार गरेको र त्यसबेला खिचेको फोटो र भिडियो खिचेको राखेर ६ महिनासम्म धाकधम्की दिदै चरम यौन शोषण गरेको घटना स्वयंले गत बुधबार सार्वजनिक गरेकी थिईन् । 


सामाजिक सञ्जाल टिकटक र भोलिपल्ट इन्स्टाग्राममा सार्वजनिक घट्ना अनुसार सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी १६ वर्षीया किशोरीलाई आयोजकले होटलमा लात्कार गरेको पीडितले खुलाएकी छिन् । साथै फोटो र भिडियो देखाउँदै निरन्तर ६ महिलासम्म पटकपटक ‘ब्ल्याकमेलिङ’ गरेर आफुलाई यौन शोषण गरेको पनि उनले बताएकी थिइन् । घटना बाहिरिएपछि राज्यले खोजी गर्दै पीडक मनोज पाण्डेलाई पक्राउ गरिसकेको छ ।