चट्याङ लागेर बुढाथोकी ठहरै

२0७९ जेष्ठ ८ आईतवार
चट्याङ लागेर बुढाथोकी ठहरै

उदयपुर

आईतबार विहान चट्याङ पर्दा कटारी नगरपालिका ११ की एक महिलाको ज्यान गएको छ । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर विहान ८ः०० बजे गोठडाँडाकी ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको निधन भएको हो । 


चट्याङ लाग्दा बुढाथोकी घरमै बसिरहेकी थिईन् । चट्याङको झट्काले गम्भीर घाईते भएकी बुढाथोकीको उद्धार गरी उपचारार्थ कटारी अस्पताल लगिएको थियो । त्यहाँ उपचारकै क्रममा विहान ९ः१५ बजे उनको निधन भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी निमित्त सूचना अधिकारी मोहन थापाले बताए ।