दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनको जित

२0७९ जेष्ठ ४ बुधबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनको जित

खोटाङ

खोटाङ सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनले जितेको छ । गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवार नेपाली काँग्रेसका तीर्थराज भटुटराई र नेकपा (माओबादी केन्द्र)का बिसन राई फराकिलो मतान्तरले एमालेलाई पराजित गर्दै विजयी भएका हुन् । 


भट्टराईले ११ हजार ३ सय ८९ मत पाउँदा एमालेका कुमारप्रसाद आचार्यले ६ हजार ९ सय ९६ मत ल्याएका छन् । उपप्रमुखमा र्राइले १० हजार ४ सय ३८ मत पाउँदा एमालेकी बिणादेबी राई ७ हजार ३ सय १९ मतमा चित्त बुझाउनु परेको छ । राई यसअघि उपमेयर हुन् । 


१५ वडा रहेको नगरपालिकामा ३ वटाबाहेक सबैमा गठबन्धनले जितेको छ । १ नं.   दिक्तेलमा कांग्रेसबाट नवराज राई, २ सोल्माबाट माओवादीका धुब्रविक्रम राई, ३ बाम्राङमा एमालेका महेन्द्र राई, ४ खाल्लेमा माओवादीका खगेन्द्र राई जितेका छन् । त्यस्तै ५ नं. लफ्याङमा कांग्रेसका दिनेश घिमिरे, ६ नेर्पामा माओवादीका माधब राई, ७ दोर्पाचिउरी डाँडामा कांग्रेसका हरि चौलागाँई, ८ बुवालुङमा एमालेका लिलाकुमार चौहान जितेका छन् । 


त्यसैगरी वडा नम्बर ९ निर्मलीडाँडामा माओवादीका दिनेश कठायत, १० पाथेकामा जनता समाजबादी पार्टीका मुगाधन राई, ११ खार्मीमा माओवादीका ईखबहादुर राई, १२ जालपामा माओवादीकै दानबहादुर राई, १३ नुनथलामा माओवादीकै भगेश्वर राई, १४ बुईपामा एमालेका दिनेश राई र १५ नं. विजयखर्कमा कांग्रेसका रामबहादुर कटवाल विजयी भएका छन् ।