कार दुर्घटना अपडेटः चापागाईको निधन, ४ घाईते बिराटनगरमा उपचारमा

२0७९ जेष्ठ ४ बुधबार
कार दुर्घटना अपडेटः चापागाईको निधन, ४ घाईते बिराटनगरमा उपचारमा

उदयपुुर

अघिल्लो राति दुर्घटनामा परेको कारमा सवार ५ जनामध्ये देवेन्द्र चापागाईकोा ज्यान गएको छ । ४ घाईते भएका छन् । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित बैजनाथ खोलाको पुलमा पौने १० बजे राति बा २५ च ७८१९ नं. को कार दुर्घटना हुँदा बिराटनगर महानगरपालिका ५ चाँदनी चोकका ३४ वर्षीय देबेन्द्र चापागाई (डेबिट) को निधन भएको हो । 


नेपालटार प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार वीरगञ्जबाट बिराटनगरतर्फ आउँदै गरेको कार पल्टेर १५ मिटर तल खस्दा चालक बिमनपा ५ चाँदनीचोककै ३१ वर्षीय विशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल घाईते भएका छन् । घाईतेहरु सबैको जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि बिराटनगर न्युरोमा उपचार भईरहेकोछ । 


रायको टाउको र निधारमा चोट लागेको छ भने खतिवडाको निधार र दाहिने हातमा, घिमिरेको छाति दुखेको तथा पौडेलको दाहिने आँखामा चोट लागेको प्रहरीले जनाएको छ । कार घटनास्थलमै छ भने मृतकको शव जिल्ला अस्पतालको पोष्टमार्टमगृहमा राखिएको छ । घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सन्तोष आचार्यले बताए ।