नेपालटारमा कार दुर्घटना, १ को मृत्यु (?) ४ घाईते

२0७९ जेष्ठ ३ मंगलवार
नेपालटारमा कार दुर्घटना, १ को मृत्यु (?) ४ घाईते

उदयपुर

मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढीको नेपालटारमा मंगलबार राति कार दुर्घटनामा पर्दा ५ जना घाईते भएका छन् । वीरगञ्जदेखि विराटनगरतर्फ आउँदै गरेको बा ०२५६–७८१९ नं. को कार राति ९ः०० बजे नेपालटारस्थित वैजनाथ खोलाको पक्की पुलमा दुर्घंटनामा पर्दा उनीहरु घाईते भएका हुन् । 


घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्य घाईतेहरु सामान्य छन् । स्थानीयबासी र नेपालटार प्रहरी चौकीको टोलीले घाईते सबैलाई उद्धार गरी उपचारार्थ सदरमुकामस्थित गाईघाट अस्पताल पठाइएको जनाइएको छ ।  दुर्घटनामा एकजनाको मृत्यु भईसकेको अपुष्ट जानकारी आएको तर, मृत्यु भए नभएको विषयमा अस्पताल पुगेपछि मात्र थाहा हुने प्रत्यक्षदर्शीहरुले बताएका छन् । 


जिल्ला प्रहरी कार्यालय उदयपुरले ५ जना सवार कार दुर्घटनामा परेको पुष्टि गरेको छ । बैजनाथ पुलमा दुर्घटनामा परेको कार १५ मिटर तल खस्दा सबै यात्र घाईते भएको प्रहरीको भनाई छ । घाईतेहरुको नाम, ठेगाना र उमेर नखुलिसकेको र प्रहरी टोली घट्नास्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।