घरदैलो र र्याली गर्दै चुनाव प्रचारप्रसारमा दलहरु

२0७९ बैशाख २५ आईतवार
घरदैलो र र्याली गर्दै चुनाव प्रचारप्रसारमा दलहरु

उदयपुर 

आउँदो ३० गते हुन लागेको स्थानीयतह निर्वाचनमा भोट माग्न उम्मेदवारहरु चुनावी प्रचार अभियानलाई तिब्र बनाएका छन् । मौन अवधि सुरु हुनुअघि नै दलहरु र तिनका उम्मेदवारले प्रचारप्रसारलाई उत्कर्षमा पु¥याएका छन् । 


मतदाताको ध्यान आफुतिर तान्न दलहरुले नाचगानसहितको टोली परचालन, माईकिङ, आमसभा, घरदैला र कोणसभा गरिरहेका छन् । नेपाली काँग्रेस, नेकपा (माओबादी केन्द्र), नेकपा (एकीकृत समाजबादी)को गठबन्धनले चुनाव प्रचार अभियानलाई गाउँगाउँ पु¥याएको छ भने नेकपा (एमाले) र अन्य साना दलदेखि स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारको दौडमा लागेका छन् । 


उदयपुरका केही वडामा मात्र तालमेल गर्न पाएको जनता समाजबादी पार्टीदेखि पहिलो पटक चुनावी अभियानमा सहभागी हुन आएका मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (एकीकृत माओबादी), नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा, नेशनल मंगोल अर्गनाईजेसन (एमएनओ) र सचेत नेपाली पार्टी पनि प्रचार अभियानमा लागेका छन् । 


प्रचार अभियानलाई दलहरुले बजार केन्द्रित गरेका छन् । गाउँमा भने धेरैजसो घरदैलो कार्यक्रमलाई तिब्रता दिईरहेको पाइएको छ । दलहरुले आप्mना उम्मेदवारलाई बाक्लो बस्ती रहेका पालिका केन्द्र र बजारलक्षित प्रचारप्रसारमा बढी ध्यान दिएको पाइएको छ । यसअर्थमा सदरमुकाम गाईघाट, कटारी, बेलटार, रामपुर, मुर्कुची र नेपालटार बजार तथा पालिका केन्द्रस्थलहरुमा प्रचारप्रसार तिब्र देखिएको छ ।


गठबन्धनमा आबद्ध दलका नेताहरुले एकार्कालाई धोका नदिने गरी चुनावी अभियान चलाईरहका छन् । काँग्रेस, माओबादी, एकीकृत समाजबादीका केन्द्रीयस्तरदेखि जिल्लातहका नेताहरु चुनावी प्रचार अभियानमा एकठ्ठा भएर लागिरहेका छन् । माओबादीका केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल) सबै पालिका पुगेर गठबन्धनको चुनाव प्रचारमा सघाईरहेका छन् । जिल्लाका ८ वटै पालिकास्तरीय चुनाव प्रचारमा सहभागी भईरहेका उनी कटारी नगरदेखि सुरु गरेर ताप्ली, लिम्चुङबुङ, रौतामाई र उदयपुुरगढी गाउँपालिकास्तरीय चुनावी सभा र घरदैलोमा सहभागी भएका छन् । 


मौन अवधि सुरु हुनुअघि नै उनी सदरमुकाम त्रियुगा, चौदण्डीगढी र बेलका नगरको प्रचार अभियानमा सहभागी भईसक्ने कार्यतालिका छ । एकीकृत समाजबादीका पोलिटव्युरो सदस्य तथा त्रियुगा मेयरका उम्मेदवार बलदेव चौधरी, काँग्रेस जिल्ला सभापति हिमाल कार्की, एकीकृत समाजबादीकै जिल्ला अध्यक्ष राममणि पोखरेल, माओबादी जिल्ला समन्वय संयोजक बिनोद कटुवाल र सचिव किरण राई तथा संविधानसभा सदस्यहरु मणि खम्बु, मोहन खत्री र भेषकुमारी राउतलगायत प्रदेश सदस्यहरु, विभाग सदस्यहरु, जिल्ला समन्वय सदस्यहरु सबै प्रचार अभियानमा सहभागी भईरहेका छन् । 


चौधरी र कटुवाल भने उम्मेदवार भएकाले आफ्नै क्षेत्रमा बढी केन्द्रित भएर लागिरहेका छन् । चौधरी गठबन्धनबाट त्रियुगा नगरप्रमुख उम्मेदवार र कटारी नगरमा गठबन्धनबाट उपप्रमुखमा कटुवाल उम्मेदवार छन् । गठबन्धनबाहिर  उम्मेदवारी दिएको काँग्रेसका त्रियुगा नगरप्रमुखका उम्मेदवार बसन्त बस्नेत र चौदण्डीगढी नगरप्रमुख उम्मेदवार खगेन्द्र राईले पनि चुनाव प्रचारलाई आक्रामक बनाएका छन् । 


यता नेकपा (एमाले)ले पनि प्रचार अभियान तिब्र बनाएको छ भने स्वतन्त्र र बागी उम्मेदवारहरु तथा साना दलले पनि प्रचार प्रसारलाई गति दिएका छन् । उदयपुरमा बग्रेल्ती ‘बागी’ र स्वतन्त्र उम्मेदवारी परेको छ । सबैको प्रचार अभियानले तिब्रता पाएको छ । 


बागीहरुमा कटारी र लिम्चुङबुङ विशेष चर्चामा छन् । कटारीमा माओबादीका प्रदेश सदस्य केपी बराल गठबन्धनविगरुद्ध बागी छन् भने लिम्चुङब्ङमा माओबादीकै पूर्व गाउँ अध्यक्ष होम किरातीले बागीमा उम्मेदवारी दिएका छन् । उनीहरु दुवैको प्रचार अभियान तिब्र भईरहेको छ । कटारीमा एमालेविरुद्ध मेयरमा बागी परेको छ भने लिम्चुङबु्ङ उपप्रमुखमा पनि काँग्रेसको बागी परेको छ । 


कटारीमा भीमकुमारी राउतले एमालेका ज्ञानेन्द्र श्रेष्ठविरुद्ध मेयरमा बागी हालेकी छिन् भने लिम्चुङब्ङमा काँग्रेसकी रमिला राईले उपप्रमुखमा बागी हालेकी छिन् । त्यस्तै चौदण्डीगढीमा काँग्रेसका प्रशान्त राईले प्रमुखमा बागी हालेका छन् ।