बोल्न नसक्ने बालिका बलात्कार आरोपमा एक पक्राउ 

२0७९ बैशाख २२ बिहीबार
बोल्न नसक्ने बालिका बलात्कार आरोपमा एक पक्राउ 

उदयपुर

'कसैलाई केको धन्धा, घर ज्वाँईलाई खानकै धन्दा' भन्ने उखान अनुसार सबै चुनावी अभियानमा व्यस्त भएका बेला यहाँका एक युवा बलात्कारजस्तो जघन्य अपराधमा मस्त देखिए । त्यसमाथि बोल्न नसक्ने अपाङ्गता बालिकालाई बलात्कार गर्न पुगेछन् । 


बालिका बलात्कार आरोपमा पक्राउ पर्ने युवा त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा बसपाक बस्ने २८ वर्षीय राजन राउत हुन् । उनीमाथि बसपार्कमै बस्ने मुख नलाग्ने १६ वर्षीया अपाङ्गता बालिकालाई बलात्कार गरेको आरोप प्रहरीको छ । 


मंगलबार राति ८ः०० बजेको समयमा बालिकामाथि बलात्कार भएको भन्दै पीडित परिवारले जाहेरी दिए अनुसार राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनलाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरी भनाई छ । 


पक्राउ परेका राउतको स्थायी घर खोटाङ भएको प्रहरीले जनाएको छ । उनी केही समययता बसपार्कमै अस्थायी बसोबास गर्दै आएको जिल्ला प्रहरी सूचना अधिकारी सन्तोष आचार्यले बताए ।