दिप्रुङ चुईचुमा गाउँपालिका अध्यक्ष उम्मेदवार गोपालचन्द्रको अपिल ा

२0७९ बैशाख २0 मंगलवार
दिप्रुङ चुईचुमा गाउँपालिका अध्यक्ष उम्मेदवार गोपालचन्द्रको अपिल ा

अपिल !! अपिल !! अपिल !!

आदरणिय दिप्रुङ चुईचुमा निवासी आमा बूबा काका काकी दाजूभाई दिदि बहिनी सबै आफन्तजनमा साईनो अनुसारको दर्शन ढोग व्यक्त गर्दछु। यहॅाहरूको शुस्वास्थ,दिर्धायू र प्रगतिको कामना गर्दछु। आफ्नो घर गाऊॅं आफै सहभागी भएर दिगो बिकास गर्ने स्थानिय सरकार निर्माणको लागी हुन गईरहेको स्थानिय निकाय (गाऊॅं पालीका )को चुनावको यस घडिमा ,म ‘गोपाल चन्द्र राई’गाऊॅं पालीका अध्यक्षको उम्मेदुवार भई नेकपा माओवादी केन्द्रको तर्फबाट तपाईहरू समक्ष उपस्थित छु।

 

मलाई विश्वास छ, यस पटक यहॅाहरूको अमुल्य मत मलाई दिनु हुने छ।हामी मिलेर हाम्रो गाऊॅं पालीकाको विभेदहरू अन्त्य गर्ने छौ। गरीबी ,अभाव ,असमान्ता र हाम्रो दिन दिनका समस्याहरूको समाधान गर्ने छौ।सबै खाले भ्रष्ट्रचारको अन्त्य गर्ने छौ।बिकास बजेट एक रूपियॅा पनि भ्रष्ट्रचार हुन दिने छैनौ।सहभागी मुलक ,समता मुलक हाम्रो घर गाउॅंलाई अवश्यक दिगो विकास गर्ने छौ। विश्वका विकसीत गाऊहरूको अध्यायन गरी हामी हाम्रो घर गाऊॅं लाई उक्त गाऊॅं सरह सुविधा सम्पन्न स्मार्ट गाऊॅं बनाउने छौ।हामी गाऊॅं लाई नछोड्ने सहर लाई जोड्ने विकास र समृद्दिको योजना कार्यन्वय गर्ने छौ।जापान वा क्यानडा को नगर संग भगिनी सम्बन्ध बनाउने छौ! आदरणिय द्रिपुङ चुईचुमा निवासी आफन्तजन, मेरो उम्मेदुवारी भ्रष्टयुक्त राजनीतिको अन्त्यको लागी , विकास बजेट लाई वैज्ञानिक र स्थानिय आवश्यकता नहेरी मिलाइ खाने प्रचलनको अन्तय गर्नको लागी हो भन्ने विश्वास दिलाउन चाहन्छु। म,मन मस्तिष्कले गाऊ घर लाई समृद्द बनाऊन आफ्नो व्यक्ति गत खाईपाई आएको उच्चओहोदाको जागीर छाडेर तपाईहरू माझ सहकार्य र हातेमालो गर्न उपस्थित छु। तपाईहरूले यस कुरा को मनन गर्नु हुन्छ भन्ने पूर्ण विश्वास लिई आएको छु।

 

आदरणिय प्रिय,द्रिपुङ चुईचुमा निवासी आफन्तजन , म यहिको माटोमा जन्मे हुर्किए ,यहिको माटोमा हास्दै खेल्दै यहिको माटोमा सुख दुख झेल्दै पढे बढे । मैले यहॅाको दुख कष्ट अभाव तपाईहरू ले झै भोगेको छु। यहिको माटोले सिकाएको मेहनत र पढाईले सरकारी जागीरको झण्डै १ दशक लामो जागीरे जिवन विताएको छु। सरकारी जागीर खाएर म,मेरो परीवार त सुखि बनाउन सक्थे तर हाम्रो घर गाऊॅं लाई सुखि समृद्द बनाउन सक्दिन थिए।एक्काईसौ शताब्दिको यो घडिमा पनि हामी आधारभुतरूपले पाउनै पर्ने हक अधिकार बाट बन्चित छौ। सेवा सुविधाबाट विमुख छौ। हाम्रो घर गाऊॅं दिन प्रति दिन उजाड बन्दै गई रहेको छ।युवाहरू गाऊॅंमा सम्भावना देखि रहेका छैनन्। बर्षेनि आउने करोडौको बिकास बजेट सिमीत व्यक्तिको गोजिमा जाने गरेको छ।जुन कुराले मलाई दिनरात सताई रहन्थ्यो तसर्थ म ,मेरो व्यक्तिगत जागीर ,सुख सुविधा त्यागेर यतिबेला तपाईहरूको सेवा गर्न तपाईहरूसॅंगै हातेमालो गर्न तपाईहरू समक्ष उपस्थित छु। आफ्नो जागीरबाट राजिनामा दिनु अघि हजार पटक गाऊॅं बारे सोचेको छु। यहॅा किन विकास हुन सकेन?? तपाई हाम्रो गाउँलाई के आवश्यक छ?? कस्तो किसिमको विकास चाहिन्छ??दिगो बिकास र अवसरका लागी के के गर्नू पर्छ?? शिक्षा ,स्वास्थ्य ,खानेपानी ,सडक ,बिजुली ,मनोरञ्जन,ईन्टरनेट र रोजगारीको सुविधा किन सृजना गर्न सकिएन??यसबारे यहा को पुर्वनिर्वाचित पदाधिकारीहरू सॅंग कैयौ पटक बहस गरेको छु।करौडौको बजेट बर्षेनि आए पनि किन गाऊॅंको बिकास हुन सकेको छैन??बजेट कहॅा गई रहेको छ?? यी प्रश्नहरूले मलाई सताई रहदा म यस पटक माओवादी केद्रको तर्फबाट हाम्रो गाऊॅं पालीकाको अध्यक्ष पद मा उम्मेदुवार हुन पुगेको हू.।

 

आधारभुत सेवा सुविधा नहूदा हरेक दिन गाऊबाट सहर तीर बसाई सर्नेहरूको ताती झनै बढ्दो छ। जस्ले हाम्रा स्वर्ग झै गाऊॅंघर उजाड बन्दै गईरहेको ,आखिर किन यस्तो भईरहेको छ??यी कुराले मलाई दिनरात सताई रहेको छ।मैले यॅंहाको माटोको धड्कन सुनेको छु। गुनेको छु र सयौ योजना बूनेर तपाई समु तपाईको अमुल्य मत माग्न आएको छु। आदरणिय प्रिय,द्रिपुङ चुईचुमा निवासी आफन्तजन, यहॅाको जन जीवन र रहन सहन बारे मैले ५० देखि १०० बर्ष पहिलेको सबै कुरा अध्यायन गरेको छु।अग्रजहरूसॅंग कुराकानी गरेको छु। यॅहा के थियो..? दिनहुँको जीवन कसरी व्यवस्थित थियो।?हाम्रा स्थानीय उत्पादनहरू के के थिए.?.. जमिन जल र जङ्गलबीचको सम्बन्ध कस्तो थियो...??हाम्रो रितीरिवाज चालचलन के कस्ता थिए। जनता र जनताबीचको आधारभूत सम्बन्ध के थियो..??यी कुराको जानकारी मलाई गहिरो सगॅ महशुस भएको छ।यसर्थ तपाईको अमुल्य मत यसपटक मलाई आवश्यक छ। मलाई राम्रोसॅंग थाहा छ,हाम्रा स्रोतहरू जल,जमिन र जङ्गल हुन्| जसलाई जतन गरेर जन परिचाल गरी हामीले हाम्रो विकास र समृद्धिको यात्रा सफल पार्न सक्छौ! हामीलाई यतिबेला कृषिको औधोगिकिकरण गर्नु छ।हाम्रो माटोलाई चिनेर हाम्रो खेतबारीको माटोमा हुने उत्पादनको व्यावसायिकरण गर्नु छ। कुन माटोमा के फल्छ ,त्यो फसल लाई कसरी मल बिऊ र पानी को सन्तुलन मिलाउन सकिन्छ भन्ने हो। कृषि उपज,पशु पालन ,फलफूल, जडिबूटि ,कन्दमुल बाली काठ पात र नगदे बाली लाई व्यावसायिक उत्पादन गर्ने भन्ने स्पष्ट कार्यक्रम मसॅंग छ।कृषि सहकारी बैंक म स्थापना गर्नेछु!मलाई राम्रोसॅंग थाहा छ हाम्रो वास्तविक स्रोतहरू के के हुन भनेर,तीनीहरूको संरक्षण,संवर्धन र उपयोग कसरी गर्न सकिन्छ भनेर , यी स्रोतहरूको उचीत प्रयोग गर्नसॅंग स्पष्ट कार्ययोजना छन्। यसर्थ तपाईको अमुल्य मत यसपटक मलाई आवश्यक छ।तपाईले दिनु हुन्छ। स्थानिय घरेलु उत्पादन लाई उचित मुल्यमा किनबेच गर्न र गुजारामुखि कृषिलाई व्यावसायिक बनाउन, उत्पादन पकेट एरिया सहितको कृषि क्षेत्र कार्यक्रम बनाएर लागु गर्न तत्कालीन ,मध्यकालीन र दिर्धकालीन भिजन मसॅग छ। आम्दानी आयश्रोत हेरेर सबै जनसमुदायको स्वास्थ्यको अनिवार्य विमा लागू गर्न विमाको आधारमा स्वास्थ्य सेवा सहुलियत उपलब्ध गराउन। बिध्यालय लाई नितान्त शिक्षा क्षेत्र घोषणा गर्न,र व्यावसायिक सिपमुलक नैतिक वैज्ञानिक शिक्षा सम्बन्धी कार्य दौनिक र बाषिर्क कार्य योजना मसॅंग छ। मलाई राम्रोसँग सुसज्जित कक्षा कोठा व्यवस्थापनको बारेमा थाहा छ!

 

म यसलाई हाम्रा विद्यालयहरूमा लागू गर्नेछु! सडकलाई सुरक्षित व्यवस्थित बनाउने गुरूयोजना ma सगॅं छन्।यसर्थ तपाईको अमुल्य मत मलाई आवश्यक छ। गाऊॅंमा सबै प्रकारका विभेदहरू हटाएर आधुनिक समतामुलक समाज निर्माण गर्ने खाका मसॅग छ। गाऊॅं लाई सुवेवस्थित पर्यावरण मैत्रि औधोगिकिकरण र आधुनिकिकरण गर्नु छ।त्यो भनेको दैनिक जिवनमा सूचना प्रविधिको प्रयोग,मेसिन, मेकानिकल उपकरण, र प्रविधि समुच्च प्रयोग हो! उपयोगी सार्वजनिक स्वास्थ्य प्रणाली, कम्प्युटर शिक्षा, स्थानीय उत्पादनको व्यावसायिकी करण स्थानीय उत्पादनको भण्डारण,ब्रान्डिङ,बिक्री बितरण र बजारीकरण हो! यस बारेमा मेरो गहिरो अध्ययन छ। दृढ प्रतिवद्दता छ । यसर्थ तपाईको अमुल्य मत मलाई आवश्यक छ। आदरणिय द्रिपुङ चुईचुमा निवासी आफन्तजन, स्थानिय निकाय लाई प्राप्त २२ वटा हक अधिकारको बराबर प्रत्याभुती सबै जनसमुदायले पाउनू गाऊॅं पालीका वासीको संविधानत: अधिकार हो,त्यो अधिकारको कार्यन्वय गराउने जिम्मेदारी म लिन सक्छु। यसबारे मसॅंग सुस्पष्ट बूझाई छ । अध्ययन छ।योजना छ ।

 

यसर्थ, तपाईको अमुल्य मत यस पटक मलाई आवश्यक छ। पालीबासी सबैका लागि काम (रोजगारी) को अवसर र कामको उचित मुल्य/ज्याल दिने लिने नियम कानुन बनाई लागु गर्ने बारे योजना मसॅग छ। अब पालीकामा अनिवार्य स्वास्थ्य बीमा ,पेन्सन र कृषि पेशन्न प्रणाली लागू गर्नुपर्छ!त्यसपछि हामीले खोजेजस्तै शान्ति प्रगति समृद्धि र जवाफदेसहितको दिगो विकास हासिल गर्न सक्छौँ!तेस बारे मैले विश्वका विकसीत देस जापान क्यानडा,स्वीट्जरल्याण्ड लगायत देसको अध्यायन गरेको छु।जुन कुरा वाई हाम्रो जीवन स्तर अनुकुल माटो सुहाउदो बनाई लागू गर्ने योजना मसॅंग छ । यसर्थ तपाईको अमुल्य मत यस पटक मलाई आवश्यक छ। आदरणिय द्रिपुङ चुईचुमा निवासी आफन्तजन , यी उद्देश्यका लागि चुनाव जितेपछि हाम्रो कर्तव्य र दायित्व के के हुनु पर्छ।भन्ने बारे विकास विज्ञ्य,अर्थविज्ञ, शिक्षा विज्ञ, सुरक्षा विज्ञ, स्वास्थ्य विज्ञ, समाजसेवा विज्ञ, युवा, उद्यमी, कवि, कलाकार, सांस्कृतिक विज्ञ तपाई गाऊॅं बासी आमा बा दाजूभाई दिदिबहिनी र यहाको माटो मा जन्मिएर विश्वको विभिन्न ठाऊॅं पुगि कर्म गरिरहेका व्यक्ति,व्यक्तीत्वहरू सॅंग मैले निरन्तर छलफल गरी रहेको छु। चुनाव जीते पछि वडा वडाको परिषदहरूमा निरन्तर छलफल गर्ने छु। योजना बनाई लागू गर्ने छु।विकसीत देसका गाऊॅं/नगर पालीहरूको अध्ययन र विश्लेषण गरीरहेको छु।ती विकसीत देसका गाउॅं नगर भन्दा हामी सय ,अढाई सय बर्ष पछि रहेछौ। यस्तो किन भई रहेछ। यस्तो खाले पछौटे पनको अन्त्य छिटो भन्दा छिटो हामीले गर्नू छ।तेसबारे ठोस योजना बनाई लागू गर्ने प्रतिबद्दता म गर्न चाहन्छु। आदरणिय प्रिय द्रिपुङ चुईचुमा निवासी आफन्तजन , सधै भरी दुख कष्ट असुविधा भ्रष्ट्चार र पछौटेपन बोकेर बाच्ने कि सुख सुविधा समृद्द समतामुलक जवाफदेहि स्वच्छ पर्यावरणयुक्त वैज्ञानिक आधुनिकिकरण को दिशामा अधि बढ्ने तपाईको एक भोटले निर्क्योल गर्ने छ।तसर्थ यस पटक पहिले जसरी तपाईको अमुल्यमत खेर नफाल्न हुन अनुरोध गर्दै ,तपाईको अमुल्य मत यस पटक मलाई दिनुहुन्छ भन्ने पूर्ण विश्वास व्यक्त गर्द छु।धन्यवाद।। हाम्रो माटो हाम्रो बाटो हराभरा बनाउनू छ! विकास अनि अधिकार बराबर बनाउनू छ!!