उठौं युवा हो लौ जुटौं          

२0७९ बैशाख ९ शुक्रबार
उठौं युवा हो लौ जुटौं          

      -सुरज राई

 

उठौं युवा हो लौ, जुटौं युवा हो, 
समाजको मुहार फेर्ने हाम्रो जिम्मा हो 


लेक जाऔं ईनामे र लेखगाउँ कति सुन्दर 
वेँसी झरौं सुन्दर फाँट हाम्रै रुपाटार, 
उठौं युवा हो लौ, जुटौं युवा हो,
विकासको मूल फोर्ने हाम्रै युगमा हो ।


ओख्ले अनि ठानागाउँले प्रश्न गर्दैछन्
हाम्रो समाज रुपान्तरण कस्ले गर्नेहुन् ?
उठौं युवा हो लौ, जुटौं युवा हो, 
सचेत समाज निर्माण गर्ने हाम्रो जिम्मा हो ।


राजनीतिलाई पेशा ठान्ने सामन्तका नाईके, 
तिनकै कारण समाज विकास रोकिएछ भन्थे 
उठौं युवा हो लौ, जुटौं युवा हो, 
सामन्तको किल्ला ढाल्ने हाम्रै जिम्मा हो ।


संविधानलाई अक्षरसः व्यवहारमा ढाल्न,
समाजवादको बाटो पहिल्याई सामन्तवाद फाल्न,
उठौं युवा हो लौ, जुटौं युवा हो, 
नयाँ युगको थालनी गर्ने हाम्रो जिम्मा हो ।


ताप्ली, ४, उदयपुर, (हाल दक्षिण कोरिया रहेका कवि राईले ताप्ली गाउँपालिकालाई केन्द्रित गरी लेखेको सिर्जना हो ।)