खोलामा डुबेर बालिकाको निधन

२0७९ बैशाख २ शुक्रबार
खोलामा डुबेर बालिकाको निधन

ओखलढुंगा

ओखलढुंगाकी एक बालिकाको खोलमा डुबेर ज्यान गएको छ । बिहीबार दिउसो जिल्लाको चम्पादेवी गाउँपालिका(२ स्थित लिखु खोलामा डुबेर बालिकाको निधन भएको हो । 


दिउँसो अन्दाजी ३ बजे घरनजिकै लिखु खोलामा नुहाउने क्रममा चम्पादेबी गाउँपालिका २ का भोजबहादुर मगरकी ९ वर्षीया छोरी अन्जुलीको निधन भएको प्रहरीले जनाएको छ । खोलामा साथीहरुसँग नुहाउने क्रममा डुबेकी उनको तत्काल प्राण उडेको प्रहरी भनाई छ । 


घटुनाबारे विस्तृत जानकारी आईसकेको छैन । इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटेको प्रहरी टोलीले वास्तविक्ता पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाएको छ ।