काँग्रेस, एमालेका ६४ जना माओबादीमा प्रवेश  

२0७९ बैशाख १ बिहीबार
काँग्रेस, एमालेका ६४ जना माओबादीमा प्रवेश  

उदयपुर

आसन्न चुनाव नजिकिदै गएका बेला नेकपा (माओबादी केन्द्र) प्रति जनताको आकर्षण बढ्दै गएको छ । यसै सिलसिलामा देशभरी बिभिन्न पार्टी परित्याग गरी माओबादी प्रवशे गर्ने क्रम जारी रहँदा त्रियुगा नगरपालिका ५ श्रीपुरमा ठूलो संख्यामा एमाले र काँग्रेस कार्यकर्ता माओबादीमा समाहित भएका छन् । 

 


बिहीबार विहान श्रीपुरको जलधार टोलमा माओबादीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले वडा कमिटी सदस्य भुपध्जव कार्कीसहित दर्जन कार्यकर्ता विनाशर्त माओबादीमा प्रवेश गरेका छन् । त्यस्तै सोही कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रबहादुर कार्कीसहित ५२ जना माओबादीमा समाहित भएका छन् । कार्यक्रममा एमाले र काँग्रेस त्यागेका ६४ जनाले माओबादी रोजेका हुन् ।


नवप्रवेशीहरुलाई माओबादी केन्द्र संघीय निर्वाचन क्षेत्र नं. १ का इन्चार्ज तथा प्रदेश सदस्य द्रोण पौडेल (निरज), अर्का प्रदेश सदस्य सम्झना पाख्रिन (योद्धा), त्रियुगा नगर  कमिटी इन्चार्ज बिमल किराती, नगर अध्यक्ष गीता खड्का कार्की, उपाध्यक्ष तथा त्रियुगा १६ का वडाध्यक्ष मानहादुर राई र वाईसिएल उदयपुर इन्चार्ज दिपक किरातीले स्वगत गरे ।  

 


नवप्रवेशीहरुलाई स्वागत गर्दै नेताहरुले देशमा हाल लागू भईरहेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी राज्यव्यवस्थाको जननी नेकपा माओबादी भएको बताए । उनीहरुले परिवर्तनका उपलब्धीको रक्षा गर्दै त्यसलाई थप बलियो बनाउनुपर्ने आवश्यक्ता भएकाले आसन्न स्थानीयतह चुनावमा सबैतिर माओबादीलाई जिताउन आग्रह गरे । 


नवप्रवेशी एमाले नेता भुपध्जव कार्कीले मुलुकमा परिवर्तन गर्ने, विकास र समृद्धि ल्याउने ए मात्र दल नेकपा माओबादी भएको भन्दै अहिलेको परिवर्तनलाई बलियो बनाउँदै देशमा समाजबाद ल्याउन आफु माओबादीमा समाहित भएको बताए । अर्का प्रवेशी काँग्रेस छाडेर आएका क्षेत्रबहादुर कार्कीले देशको आमुल परिर्तन गर्ने दल माओबादीबाहेक अर्को कुनै नजन्मेको हुनाले आफुहरु बिनाशर्त माओबादीमा आएको बताए । 

 

नवप्रवेशीहरुले आसन्न स्थानीयतह चुनावमा नेकपा माओबादीलाई भारी मतले विजयी गराउन आजैदेखि लागी पर्ने प्रतिबद्धता पनि जनाएका थिए । सिंगो मुलुक र जनताले खोजे, चहेजस्तो परिवर्तन, विकास र समृद्धि माओबादीको सरकारले मात्र दिने विश्वास लिएर अघि बढ्न उनीहरुको आग्रह थियो । 

 

सोही कार्यक्रमको भेलाल भुपध्जव कार्कीको अध्यक्षतामा जलधार टोल कमिटी गठन भएको छ । ६४ सदस्यीय टोल कमिटीको सचिवमा टीकामाया कार्की रहेकी छिन् । त्यसैगरी भेलाले तारा कार्की संयोजक र पम्फा खत्री सहसंयोजक रहेको १९ सदस्यीय महिला टोल कमिटी तथा गिरीबहादुर बस्नेत संयोजक र कैलाश खत्री सहसंयोजक रहेको वाईसिएल टोल कमिटीको पनि गठन भएको छ । 


सबै कमिटीका पदाधिकारीहरुलाई कार्यक्रममै सपथ गराएर जिम्मेबारी बाँडफाँड गरी पार्टी काममा खटाइएको वाईसिएल इन्चार्ज किरातीले बताए ।