कविताः बा'मालेको बार्दली बा

२0७८ चैत्र २९ मंगलवार
कविताः बा'मालेको बार्दली बा

कविता
                            -राजकुमार थापा 'त्रियुगे'

बा हिजो भन्थे, 
रेल ल्याउँछु, पानी जहाज ल्याउँछ, पाईपबाट घरघरमा ग्यास ल्याउँछु, समृद्धि ल्याउँछु
तर, बा'ले न रेल ल्याए,
न पानी जहाज ल्याए,
न त घरघरमा ग्यासको पाईप ल्याए,
न देशमा समृद्धि ल्याए,
न दुई तिहाइको कम्युनिस्ट सरकार जोगाउन सके
न नेकपा जोगाउन सके,
न राष्ट्रियसभा सदस्यलाइ जोगाउन सके
न प्रदेश सरकार जोगाउन सके,
न पार्टी जोगाएर राख्न सके ,
न चोलेन्द्रलाई जोगाउन सके ,
न आफ्नो सरकारको पालामा लिपुलेख, कालापानी, लिम्पियाधुरा फिर्ता ल्याउन सके,
न भ्रस्टचारीलाई कारबाही गर्न सके,
न पाँच दलीय गठबन्धन तोड्न सके ,
न गभर्नरलाई जोगाउन सके,
न प्रधानमन्त्रीको गरिमा बचाउन सके,
न आफ्नो कार्यकालमा एउटा राम्रो काम गर्न सके ,
बरु,
एउटा गुटको अध्यक्ष भएर रम्न पुगे
उखान टुक्काको बादसाह बन्न पुगे,
विपक्षीलाई निम्नस्तरको गाली गलौज गर्न पुगे,
इतिहासमा ूप्रतिगमनकारी कलङ्कको टीका लगाउन पुगे,
अब त बार्दलीबाट हेर्दाहेर्दै बार्दलीमा सीमित हुन पुगे 
  अस्तु,
त्रियुगा नगरपालिका ४, उदयपुर २०७८÷१२र२९०