श्रीमति हत्या आरोपमा पोष्टराज पक्राउ 

२0७८ चैत्र २८ सोमबार
श्रीमति हत्या आरोपमा पोष्टराज पक्राउ 

उदयपुर

आप्mनै श्रीमतिको हत्या गरेको आरोपमा उदयपुरका एक पुरुष पक्राउ परेका छन् । शौचालय गर्दै गरेकी श्रीमति ३८ वर्षीया नानुमाया दाहाललाई सोमबार विहान दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा कटारी नगरपालिका ५ सिशाघारीका ४२ वषीय पोष्टराज दाहाल पक्राउ परेका हुन् । 


विहान ४ः०० बजे चिर्पट प्रहार गर्दा नानुमायाको ठाउँका ठाउँ प्राण उडेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । श्रीमतिलाई शौचालय गरिरहेको बेला चिर्पट प्रहार गरी हत्या गरेको भन्ने स्थानीयको सूचनाका आधारमा खटेको इलाका प्रहरी कार्यालय कटारीका निरीक्षक कमाण्डको टोलीले विहान ६ः०० बजे दाहाललाई पक्राउ गरेको हो । 


दाहाललाई इप्रका कटारीमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ भने मृतकको शव कटारी अस्पतालमा ल्याएर पोष्टमार्टमको तयारी भईरहेको इप्रका कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


घट्नाबारे विस्तृत जनकारी आउन भने बाँकी छ । भर्खर अनुसन्धान सुरु भएको र लाशको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले वास्तविक कुरा खुल्न र हत्याको कारण पत्ता लाग्न समय लाग्ने प्रहरीले जनाएको छ । 


उदययपुरमा ५ दिनअघि मात्र एक १६ वर्षीया किशोरीको पनि सोही समय (विहान)  बाटैमा हत्या भएको थियो । स्थानीय कोसी जनता माविमा कक्षा १० की छात्रा बेलका नगरपालिका ३ की कविता सुनुवारको आप्mनै साथीको सहयोगमा स्कुल जाँदै गर्दा बाटैमा हत्या भएको थियो । 


उनको हत्या आरोपमा विद्यालयकी सहपाठी साथी र नातामा दाजु पर्ने एक भारत सिक्कीम घर भई बेलका ३ स्थित कविताकै छिमेकी जितबहादुर ढकालका दाजुका छोरा पक्राउ परेका छन् । सो घट्नाबारे छानविन भईरहेकै बेला नानुमायाको श्रीमान्बाटै हत्या हुनुले महिला बर्ग गम्भीर असुरक्षित भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।