एकीकृत अखिल शिक्षक संगठनको अध्यक्षमा खतिवडा

२0७८ चैत्र २७ आईतवार
एकीकृत अखिल शिक्षक संगठनको अध्यक्षमा खतिवडा

उदयपुर, चैत २७

नेकपा (माओबादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन उदयपुरको अध्यक्षमा राधारमण खतिवडा चयन भएका छन् । संगठनको शनिबार गाईघाटमा सम्पन्न विस्तारित बैठकबाट खतिवडाको अध्यक्षतामा नयाँ कमिटी गठन भएको हो । 


कमिटीको वरिष्ट उपाध्यक्षमा देवीबहादुर राई चयन हुँदा अन्य ५ जना 
पाध्यक्ष छानिएका छन् । उपाध्यक्ष हुनेमा क्रमशः माधवबहादुर राउत, देवेन्द्र रायमाझी, दिलमाया बस्नेत, रुद्र पोखरेल र शिवराम राई रहेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी पदमबहादुर कार्की सचिव, मिलन लो तामाङ र बाबुराम बजगाई सहसचिव तथा बालकृष्ण काफ्ले अर्थ सहसचिवमा चयन भएका छन् । 


सदरमुकाम गाईघाटस्थित होटल टाउनहलको सभाकक्षमा सम्पन्न भेलालले गठन गरेको ३९ सदस्यीय कमिटीमा बाँकी सदस्य रहेका छन् । जिल्लाभरका सामुदायिक तथा सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुको भेलाले जिल्ला कमिटी गठन गरेको हो । केही महिनाअघि नै अधिवेशन सकिएको भए पनि पदाधिकारी चयन गर्न बाँकी रहेको कमिटीलाई शनिबारको बैठकले पूर्णता दिएको हो । 


नवगठित कमिटीमा आबद्ध शिक्षकहरुलाई गुणस्तरीय शिक्षा र बालबालिकको शैक्षिक हक अधिकारमा केन्द्रित हुन पार्टीले निर्देशन दिएके छ । साथै आगामी आसन्न स्थानीयतह निर्वाचनमा माओबादीलगायत गठबन्धन दलहरुलाई मतदान गर्ने वातावरण मिलाउन पनि पार्टीले कमिटीलाई आग्रह गरेको छ ।