प्रतिगमन परास्त गर्न गठबन्धन गरौँ !

२0७८ चैत्र २६ शनिबार
प्रतिगमन परास्त गर्न गठबन्धन गरौँ !

राजकुमार थापा 'त्रियुगे'

उदयपुरमा ४ गाउँपालिका र ४ नगरपालिका गरी ८ वटा स्थानीयतहहरु रहेका छन् । प्रतिगमनविरुद्ध गठबन्धन गरेर चुनावमा उठ्दा गठबन्धनकारी दलहरुले प्रत्येक पालिकाहरुमा समझदारी गरेर एक दल फरक चुनाव चिन्ह लिएर उठ्दा चुनावमा जित हासिल गर्न अझ सशक्त भएर अगाडि बढ्न बल मिल्छ । प्रतिगमनविरुद्ध दलहरुबीच एकापसमा सहअस्तित्व स्वीकार गरेको र एक अर्कोमा अपनत्व हुन्छ । चुनावमा प्रत्येक वडाहरुमा एउटा दललाई दिने अर्को वडामा अर्को दललार्इ दिदा मतदान गर्नेलाई सजिलो हुन्छ । 


जस्तै त्रियुगा नगरपालिका १ मा समाजवादीले चुनाव चिन्ह रुख, वडा नम्बर २ मा नेकपा (माओवादी केन्द्र) ले चुनाव चिन्ह कलम, वडा नम्बर ३ नेपाली काङ्ग्रेसले चुनाव चिन्ह गोलाकारभित्रको हसिया हथौडा, जनमोर्चाले जनता समाजबादीको चुनाव चिन्ह छाता आदि । यसरी गठबन्धन गरेर अगाडि बढ्दा कुनै पनि वडामा गठबन्धनकारीले अरु गठबन्धनभित्रका प्रतिनिधिहरुले भाग लिन नपाइने दलीय सहमति हुनु आवश्यक हुन्छ ।  यदि चुनावमा एउटै वडामा एक दलभन्दा बढी दलका प्रतिनिधिहरु पनि सहभागी हुने हो भने चुनाव चिन्ह एउटा पार्टीको हुदा राम्रो र प्रभावकारी हुन्छ ।


गठबन्धन  किन आवस्यक ?


गठबन्धन भन्नासाथ कुनै एक व्यबस्था वा परम्परा वा दलबिरुद्ध  विभिन्न शक्तिहरु मिलेर एउटा निश्चित उदेश्य प्राप्त गर्नका लागि निश्चित समयका लागि एकताबद्ध भएको मानिन्छ । नेकपाको ओली सरकार भएको अबस्थामा पहिलो पटक ओलीले संविधानमै व्बस्था नभएको संसद बिघटन गरे जसविरुद्ध माओवादी, जनमोर्चा, तत्कालीन अबस्थामा नेकपाको धेरै अङ्श प्रतिगमन भयो भनेर सडक आन्दोलनमा होमिदै कानुनी उपचारमा सर्बोच्चमा रिट दायर भयो । रिट दायर हुदा संंविधानबिपरित देखिएकोले ओली सरकारको पक्षमा झण्डै बहस गर्ने वकिलसमेत नपाइएको समाचारमा सुनिएकै हो ।

नभन्दै सर्बोच्चले संविधानमा व्यबस्था नभएकोले संसद बिघटन गर्न नमिल्ने भनेर फैसला गरेपछि पनि फेरि अर्को पटक संसद बिघटन गर्नु जनताप्रति उत्तरदायी नहुनु, म नै सबै थोक हुँ, मैले जे बोल्यो त्यो नै अन्तिम सत्य हो, कुर्सीको खुट्टा भाचिदिन्छु आदिजस्ता सनक र दम्भले जस्केला बाट भागेर मुल ढोकाबाट फर्किने चेस्टा गरिदैछ । 


जनता सचेत नभएमा फेरि पनि देश  र जनताप्रति ठूलो बज्रपात हुनेछ । अहिले तिनै पात्र फेरि पनि दोहर्याएर जितायौ भने तत्कालीन अबस्थामा प्रतिगमन ठिक थियो अन्य दलहरु गलत थिए भन्ने कुरा प्रस्टिन्छ । 


निश्कर्षः


अहिलेको राजनीतिमा गठबन्धन भनेको प्रतिगमनका मतियारविरुद्धको सहकार्य हो । आम नेपाली जनताले कोभिडले थिलथिलो पारेको अबस्थामा ओली सरकारले लकडाउन लगाएर १० रुपैमामा पाइने सर्जिकल मास्क ५० मा किनेर घोटाला गरेको अझै झलझली आँखामा आर्इरहेको छ । यी त सामान्य भ्रष्टाचारका नमुना मात्र हुन् । वाइडवडी जहाज खरिद प्रकरण, , सुन काण्ड, पानी ट्याङ्की काण्ड, बालुवाटार जग्गा प्रकरणजस्ता काण्ड घटाउने एमाले नामक दललार्इ नामेट पार्ने सुनौलो अबसर आम नेपाली जनताको हातमा आएको छ । 


यो अबसरलाई पर्वको रुपमा लिएर अगाडि बढ्न सकेमा आम नेपाली जनता फेरि पनि प्रतिगमनविरुद्ध एक छन् भन्ने गतिलो संदेश विश्वसामु जान्छ भन्ने कुरा हामी नेपाली जनताले बुझ्नु आवश्यक छ । सबैलाई चेतना भया  अस्तु ।

 

त्रिनपा ४, उदयपुर