दर्जन बढी एमाले छाडेर माओवादीमा प्रवेश

२0७८ चैत्र २४ बिहीबार
दर्जन बढी एमाले छाडेर माओवादीमा प्रवेश

ताप्ली

नेकपा (एमाले)का १ दर्दजन बढी कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । बिहीबार माओबादी ताप्ली गाउँ कमिटीको बिस्तारित बैठकमा एमालेका पूर्व वडाध्यक्षहरु सहित माओबादीमा प्रवेश गरेका हुन् ।

 

व ताप्ली ४ ठानागाउ थुम्कि काङ्गेस अगुवा युबा नेता पर्शुराम राई,एमालेका नवीन राई,बाबुहाङ राई,बिनाकुमारी राई,धनबहादुर मगर र मोहन मगर माओवसदीमा गरेका छन् । त्यस्तै ताप्ली ३ इनामेबाट एमालेका बुद्धिमान तामाङ, १ नं ओख्लेबाट होमबहादुर ज्यु ठकुरीलगायतले  एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका छन्् ।

 

प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा संघीय साँसद सुरेशकुमार राई, जिल्ला समन्वय समिति संयोजक बिनोद कटुवाल, प्रदेश सदस्य तथा गाउँ इन्चार्ज ढुङ्गराज बिक, जिल्ला समन्वय सचिव किरण राईलगायतले स्वागत गरे । स्वागत गर्दै केन्द्रीय सदस्य राईले अहिले नेपालमा नेकपा माओबादीको एजेण्डा चलिरहेको बताए ।

 

देशको वर्तमान संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेसी व्यवस्था माओबादीको एजेण्डा भएको तर, यसलाई खत्तम गर्ने षडयन्त्र भइरहेकाले त्यसको बचाउ गर्नुपर्नेमा राईले जोड दिए । नेता राईले माओबादीको एजेण्डामा 'खाओबादी' को रझाई भईरहेको भन्दै त्यो परिवर्तनका उपलब्धी बचाउन सम्पूर्ण न्यायप्रेमी जनता लागी पर्नुपर्नेमा जोड दिए ।

 

आसन्न स्थानीयतहको चुनावमा सत्ता गठबधनबीच तालमेल गरेर जाने सहमति भएको बताए । सत्ता सहयात्री ५ दलबीच ससम्मान गठबन्धन गरे मात्र परिवर्तन बचाउन सकिनेमा उनको जोड थियो । पार्टीका अध्यक्ष गुरु पोखरेलले ताप्लीमा नेकपा (माओबादी केन्द्र)को अवस्था पछिल्लो समय धेरै सुधार भएको बताए ।

 

कार्यक्रममा जिल्ला समन्वय संयोजक कटुवाल, इन्चार्ज बिक, सचिव राईले पनि पार्टी विकास र निर्वाचनमा गठबन्धनको औचित्यमाथि जोड दिएका थिए । मिलन लो तामाङको सञ्चालनमा सम्पन्न कार्यक्रममा ४ नं वडाध्यक्ष फत्तबहादुर ठकुरीले स्वागत मन्तव्य तथा गाउँ पार्टी उपाध्यक्ष प्रेमबहादुर राईले पार्टीको अवस्थाबारे प्रकाश ोोारेका थिए ।