बाम–लोकतान्त्रिक गठबन्धन जरुरीः माओबादी नेता राई

२0७८ चैत्र २१ सोमबार
बाम–लोकतान्त्रिक गठबन्धन जरुरीः माओबादी नेता राई

उदयपुर

सत्तारुढ दल नेकपा (माओबादी केन्द्र) ले आगामी स्थानीयतहदेखि प्रदेश र संघीय सांसदको निर्वाचनसम्म गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएको छ । प्राप्त उपलब्धीको रक्षा गर्दै संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न माओबादीले गठबन्धन दलहरुसँगै मिलेर चुनावमा जानुपर्नेमा जोड दिएको हो । 


माओबादीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद सुरेशकुमार राई (हिमाल)ले सोमबार सत्ता साझेदार दलहरु स्थानीयतहदेखि प्रदेश र संघीय चुनावसम्म गठबन्धन कायम राखेर जानेमा प्रतिबद्ध रहेको बताए । गाईघाटमा पार्टीनिकट प्रेस सेन्टर नेपालमा आबद्ध सञ्चारकर्मीहरुसँगको भेटमा उदयपुरका इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य राईले प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्दै परिवर्तनलाई संस्थागत गर्न गठबन्धन अपरिहार्य रहेको बताए । 


उनले त्यसका लागि आसन्न स्थानीयतहदेखि तीनवटै चुनावमा गठबन्धन कायम राखेर जानुपर्ने आवश्यक्ता औंल्याए । १० वर्षे जनयुद्धको जगमा ०६२÷६३ मा भएको जनान्दोलनबाट प्राप्त संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशी व्यवस्थाजस्ता उपलब्धी रक्षा गर्दै त्यसको संस्थागत विकासका लागि गठबन्धन जरुरी रहेको उनको भनाई थियो । 


प्राप्त उपलब्धीमाथि बारम्बार धावा बोल्ने काम हुँदै आएको भन्दै अझै पनि कुनैबेला आक्रमणको खतरा रहेको हुनाले प्रजातन्त्रबादी शक्तिहरुसँग माओबादीले ‘बाम–लोकतान्त्रिक गठबन्धन’ गर्न चाहेको उनको भनाई थियो । माओबादी मात्र नभएर नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजबादी) र जनता समाजबादी तथा जनमोर्चा पनि गठबन्धनको पक्षमा जोडदार लागिरहेको भन्दै नेता राईले त्यसैले गठबन्धनलाई तल्लो तहसम्म पु¥याउनुपर्ने आवश्यक्ता रहेको बताए । 


‘प्रतिगामी शक्तिहरुले संघीयता र परिवर्तन नै खारेज गर्ने र संविधानमाथि  आक्रमण गर्दै आएको हुनाले त्यसको रक्षा गर्न गठबन्धन बनेको हो’ उनले अगुवा पत्रकारहरुसँग भने ‘हजारौंको बलिदानी र लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्न नदिन अनि लोकतान्त्रिक गणतन्त्र र संघीयताको रक्षा गर्न पनि गठबन्धन कायम राख्दैपर्छ ।’


आसन्न चुनावमा उदयपुरका ८ वटै स्थानीयतहमा गठबन्धन गरेर उम्मेदवारी दिने प्रष्ट पार्दै नेता राईले जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकामा बाम–लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल भईरहेको बताए । गठबन्धनका लागि काँग्रेस, एस र जसपाबीच माओबादीले घनिभुत छलफल गरिरहेको बताउँदै उनले छिट्टै सहमतिमा निश्कर्ष निकाल्ने जानकारी दिए । नेता राईले बाम–लोकतान्त्रिक गठबन्धनलाई पाmईदा पुग्नेगरी समाचार प्रकाशन तथा प्रशारण गर्न पनि पत्रकारहरुलाई आग्रह पनि गरे । 


कार्यक्रममा पार्टी जिल्ला समन्वय समिति संयोजक बिनोद कटुवाल (दिवश)ले पार्टीको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । उनले सत्तारुढ दलहरुबीच गठबन्धन गरेर चुनावमा जानका लागि संघ, प्रदेश, जिल्ला र स्थानीयतहसम्म छलफल भईरहेको बताए ।