खाल्डोमा जमेको पानीमा डुबेर बालक ठहरै

२0७८ चैत्र २१ सोमबार
खाल्डोमा जमेको पानीमा डुबेर बालक ठहरै

भोजपुर

पानी जमेको खाल्डोमा डुबेर भोजपुरका एक बालकको निधन भएको 
 छ । सोमबार विहान ११ः०० बजेको समयमा जिल्लाको पौवादुङमा गाँउपालिका २ को खाल्डोमा जमेको पानीमा डुब्दा मोरङको केराबारी गाउँपालिका ७ का गणेश मगरका २ वर्षीय छोरा आशिर मगरको निधन भएको हो । 


मामली घर पौवादुङमा आई बसेका बालक खेल्ने क्रममा लडेर पानी जमेको खाल्डोमा डुब्न पुगेका थिए । पानीमा डुबेर अचेत भएका बालकलाई आफन्तले देखेर उद्धार गरी उपचारार्थी स्थानीय स्वास्थ्य चौकी पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेको भोजपुर प्रहरीले जनाएको छ । 


घटनाबारे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट टोली खटाई अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।