श्रीमतीको हत्या गर्ने पक्राउ

२0७८ चैत्र १७ बिहीबार
श्रीमतीको हत्या गर्ने पक्राउ

सोलुखुम्बु

आफ्नै श्रीमतिको हत्या आरोपमा सोलुखुम्बुका एक स्थानीय पक्राउ परेका छन् जिल्लाको माप्य दुधकोशी गाउँपालिका ४ का ३७ वर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका हुन् । 


बिहीबार राति साँढे ७ः०० बजे राईले धारिलो हतियार खुकुरी प्रहार गर्दा आफ्नै ३७ वर्षीया श्रीमती मनिला राई गम्भीर घाईते भएकी थिईन् । घाईते मनिलाको केहीबेरमै ज्यान गएको सूचनाका आधारमा खटेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको टोलीले राईलाई पक्राउ गरेको हो । 


घरायसी सामान्य बिबादमा आवेगमा आएका राईले श्रीमतीमाथि खुकुरी प्रहार गर्दा घटनास्थलमा निधन भएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।