म्यादी प्रहरी: मागभन्दा ४ गुणा बढी आबेदन

२0७८ चैत्र १५ मंगलवार
म्यादी प्रहरी: मागभन्दा ४ गुणा बढी आबेदन

उदयपुर, चैत १५

आसन्न स्थानीयतह निर्वाचनका लागि खुलेको म्यादी प्रहरीका लागि मागभन्दा ४ गुणा। ढीको आबेदन परेको छ । मंगलबारदेखि सुरु भएको छनौटमा ९ सय ५८ का लागि ३ हजार ९ सय ४४ को आबेदन परेको हो ।

 

जिल्ला प्रहरी कार्यालय उदयपुर प्रमुख एसपी सुभाषचन्द्र बोहरालाई अनुसार २ हजार ८ सय ४४ पुरुष र १ हजार ७० महिलाले म्यादी हुने निबेदन हालेका छन् । भर्ना खुलेको सुरुदेखि अन्तिमसम्म उत्तिकै भिडका साथ आवेदकहरु आएको एसपी बोहोराले बताए ।

 

आबेदकहरुको छनौट कार्य मंगलबारदेखि सुरु भएको छ । शारिरिक व्ययामदेखि अनुभव र शैक्षिक योग्यता सम्ममा प्रतिस्पर्धा गराएर योग्यतम जनशक्ति छनौट गर्ने बोहराको भनाई छ । छानिएकाो जनशक्ति आउदो वैशाख ३० गते हुने चुनावमा सुरक्षार्थ खटाइने छ ।

 

उदयपुरमा त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका तथा लिमचुङ ुुङ उदयपुर गढी, ताप्ली र रौतामाई गाउँपालिका गरी ८ वटा स्थानीयतहमा ७५ वडा रहेका छन । ती ठाउँमा हुने चुनावमा छनौट भएका म्यादीलाई खटाइने छ ।