उदयपुरगढीमा आगलागीबाट महिलाको निधन, ८ ँघरनष्ट

२0७८ चैत्र १५ मंगलवार
उदयपुरगढीमा आगलागीबाट महिलाको निधन, ८ ँघरनष्ट

उदयपुर, चैत्र १५

यहाको उदयपुरगढी गाउँपालिका-१ शिखरपुरमा भएको आगोलागीमा परी ८ घर  नष्ट भएको छ भने १ जना अपाङ्गता महिलाको निधन भएको छ । सोमबार दिउसो स्गौथानीय गौरबहादुर मगरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घरमा बिधुत सर्ट भई आगलागी हुँदा उनकै ६६ बर्षीया श्रीमती शिवमाया मगरको आगोमा परी जली मृत्यु भएको हो ।

आगो फैलिएर नजिकै रहेको शेरबहादुर मगर, भैरव मगर, यम्बरबहादुर मगर, मनमाया मगर, पदमबहादुर मगर, दिपबहादुर मगर र धनमाया मगर समेत ८ घर  नष्ट भएका छन् ।त्यस्तै बाख्रापाठा ५१ वटा, सुँगुर ४ वटा समेत जली मृत्यु भएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा राती साढे ८ बजे नियन्त्रण गरिएको छ ‌।

आगलागिबाट अन्दाजी १ करोड २१ लाख बरावरको क्षेति भएको छ भने आगो लाग्नुको कारण सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।