मोटरसाईकल ठक्करले बृद्धाको मृत्यु

२0७८ चैत्र २ बुधबार
मोटरसाईकल ठक्करले बृद्धाको मृत्यु

उदयपुर


मोटरसाईकलको ठक्करबाट उदयपुरकी एक बृद्धाको निधन भएको छ । बुधबार बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्ग स ७ प ८६९२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदाट सोही नगरपालिका  ३  की ७६ वर्षीया राममाया आलेको निधन भएको हो । 


विहान ११ः०० बजे पैदल हिडिरहेकी आलेलाई ठक्कर दिदाँ गम्भीर घाईते भएकी आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । 


इलाका प्रहरी कार्यालय रामपुरका अनुसार मोटरसाईकल चालक त्रियुगा नगरपालिका ७ का २० वर्षीय बिष्णु भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरुभएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।