जिल्ला प्रहरी कार्यालय नयाँ भवनमा 

२0७८ चैत्र १ मंगलवार
जिल्ला प्रहरी कार्यालय नयाँ भवनमा 

उदयपुर

उदयपुर प्रहरी नयाँ भवनबाट सञ्चालनमा आएको छ । दुईवर्षअघि सुरु जिल्ला प्रहरी कार्यालय भवन सकिएलगत्तै सोमबारदेखि सञ्चालनमा आएको हो । 


साविक कार्यालय परिसरमा ९ करोड ४९ लाख ९६ हजार ६ सय ६८ रुपैँयामा नयाँ भवन निर्माण भएको हो । ११ करोड ४२ लाख ३ हजार १ सय ७७ रुपैँया लागत इस्टीमेट रहे पनि निर्माण व्यवसायीहरुबीचको प्रतिस्प्र्धा हुँदा झण्डै दुई करोड कम लागतमा भवन बनेको हो । 


प्रशासनिक भवनसँगै प्रहरीका लागि अन्य साना ठुला गरी ७ वटा भवन बनेका छन् । प्रहरी कार्यालयसँगै कार्यालय प्रमुख आवास, सिनियर र जुनियर अधिकृत आवास, जवान व्यारेक, थुनुवा कक्ष र मेस भवन तथा शौचालयहरु तथा नागरिक सहायता कंक्ष पनि निर्माण भएको छ । 


आशिस–आशिर्वाद जेवीको ठेक्का रहेको भवन निर्माणका लागि २०७६ पुस ४ गते सम्झौता भएको थियो ।