घाँस काट्न जाँदा लडेर निधन

२0७८ फाल्गुन २४ मंगलवार
घाँस काट्न जाँदा लडेर निधन

उदयपुर

घाँस काट्ने क्रममा लडेर उदयपुरक िएक महिलाको सोमबार निधन भएको छ । त्रियुगा नगरपालिका ११ स्थित बरुवा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा घाँस काट्न गएकी ५५ वर्षीया कालुमाया राईको लडेर निधन भएको हो । 


सोही वडा बोक्से करमगाछी स्थायी बसोबास गर्ने राई घरदेखि ५ सय मिटर दुरीको जंगलमा भोर्लाको घाँस काट्ने क्रममा लडेर घाईते भएको अवस्थामा स्थानीयले फेला पारेका थिए । उनको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा बाटैमा निध भएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार मृतकको शव जिल्ला अस्पतालमै पोस्टमार्टम गरी मंगलबार परिवारलाई जिम्मा लगाइएको छ ।  घटनाबारे पनि थप अनुसन्धान भइरहेको गौतमल बताएका छन् ।