अस्पतालमा सुत्केरीको मृत्युप्रति अधिकारकर्मीहरुको ध्यानाकर्षण

२0७८ फाल्गुन २१ शनिबार
अस्पतालमा सुत्केरीको मृत्युप्रति अधिकारकर्मीहरुको ध्यानाकर्षण

उदयपुर

उदयपुर अस्पतालमा गर्भवति महिलाको मृत्यु भएको घट्नाप्रति उदयपुरका मानव अधिकारकर्मी संघसंगठनको ध्यानाकर्षण भएको छ । सदरमुकाममा रहेका दर्जन हाराहारी अधिकर्मी संघसंगठनले विज्ञप्ती जारी गर्दै आफुहरुको गम्भीर ध्यानाकषर््ृांण भएको जनाएका हुन् । 


सुत्केरी गराउन अस्पताल भर्ना भएकी उदयपुरगढी गाउपालीका वडानम्बर ६ का अर्जुन कार्कीकी ३२ वर्षीया श्रीमति सीता राउत कार्कीको ३ दिनअघि दुखद निधन भएकोप्रति अस्पतालको लापरबाही भएको भन्दै विज्ञप्तीमा दोषी पत्ता लगाएर कारबाही गर्नुपर्ने माग विज्ञप्तीमा गरिएको छ  । फागुन १७ गते अस्पताल भर्ना गरिएकी राउतको १९ गते विहान २ः०० बजे मृत्यु हुनुमा अस्पतालको लापरबाही नै मुख्य कारण भएको विज्ञप्तीमा उल्लेख छ । 


गर्भवतिको निधन हुनुमा स्वास्थ्यकर्मीहरुको लापरबाही भएको ठहर विज्ञप्तीमा गरिएको छ । सुरुमा सामान्य प्रसुति हुने आश्वासन दिएका स्वास्थ्यकर्मीले पछि अप्रेसन गर्नुपर्ने भने पनि समयमा नगर्दा यस्तो दुघट्ना हुन पुगेको पीडित परिवारको गुनासो आएको उनीहरुको बुझाई छ । स्वास्थ्यकर्मीसँंग बिरामीको अवस्था बुझ्न खोज्दा अपशब्द बोल्ने गरेको, दुव्र्यबहार गरेको, समयमै प्रसुति गराउन चिकित्सकलाई खबर गर्न अनुरोध गर्दा विहान ५ः०० बजे मात्र आउने भनृेककोमा २ः०० बजे नै ज्यान जानुको कारण अस्पतालकै दोष रहेको ठहर पनि विज्ञप्तीमा गरिएको छ । 


विज्ञप्तीमा नागरिकको नैसर्गिक अधिकार संबैधानिक हकको धारा ३८, महिलाको हक अतर्गत उपधारा २ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धि हक हुने व्यवस्था गरिएको, मौलिक हकको धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको व्यवस्था गरेको र सबैलाई आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गर्न नपाउने र उपधारा २ मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक रहेको उल्लेख छ । त्यसैगरी उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरिएको भन्दै अधिकारकर्मीहरुले ससंविधानले सुनिश्चित गरेको मौलिक हक, बाँच्न पाउने अधिकार कुन्ठित गर्नु  अस्पतालको चरम लापरबाही भएको बताइएको छ । 


विज्ञप्तीमा महिलाको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य हकको हनन् गरि आमा र बच्चाको बाँच्न पाउने हक र अधिकार उल्लंघन भएकोप्रति आपुाmहरुको गम्भीर ध्यानआकर्षण भएको भन्दै घट्नाको सत्यतथ्य छानविन गरि दोषिलाई कडाभन्दा कडा कारवाही गर्न र पीडितलाई न्याय दिलाउँदै आगामी दिनमा यस्ता घट्ना दोहोरिन नदिन कर्मचारी, स्वास्थ्यकर्मी र सरोकारवालाहरु संबेदनशिल बन्न अपिल गरिएको छ । 

विज्ञप्तीमा हस्ताक्षरकर्ताहरु: 
१. गैरसरकारी संस्था महासंघ, केन्द्रीय सचिवः महेश्वरी राई
२. महिला मानव अधिकार रक्षक सञ्जाल, उदयपुर अध्यक्षः माया भण्डारी
३. गैरसरकारी संस्था महासंघ उदयपरः सैलेश बस्नेत
४. मानव अधिकार जिल्ला संञ्जाल, उदयपुरः भरत खड्का
५. ओरेक नेपालः बाला कार्की
६. महिला अधिकारको लागि महिला, एकल महिला जिल्ला संमुह, उदयपुरः सानुमैया कार्की
७. दलित महिला संघ फेडोः सुशिला विक
८. मूलधार महिला सेवा केन्द्र, मासवेसः सुमन परियार
९.महिला सशक्तिकरण श्रोतकेन्द्रः अप्सरा समाल
१०. नेस्पेक उदयपुरः अर्जुन पोखरेल
११. हुरेन्डेक, उदयपुरः शंकर थापा