हमालले उचाले ‘मिस्टर उदयपुर’को उपाधि

२0७८ फाल्गुन १७ मंगलवार
हमालले उचाले ‘मिस्टर उदयपुर’को उपाधि

उदयपुृर

उदयपुर कटारीका तेजबहाुदर हमाल ‘मिस्टर उदयपुर’ घोषित भएका छन । सदरमुका गाईघाटस्ति होटल टाउनहलमा गत शनिबार सम्पन्न ‘मिस्टर उदयपुर शारीरिक सुगठन च्याम्पियनशिप २०७८’ मा सहभागी १२ प्रतिस्पर्धीलाई पाखा लगाउँदै हमालले उपाधि हात पारेका हुन् । 


प्रतियोगिता बिजेता हमालले ५१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् । आयोजक इनर्जी फिटनेश क्लबको तर्फबाट सहभागी रहेका हमालले जिल्लामा भएका हालसम्मकै ठूलो नगद राशीको पुरस्कार प्राप्त गरेका हुन् । उपाधिसँगै उनलाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बिभिन्न १८ वटा घातक रोगविरुद्ध १० लाखको मेडिकल बिमा सुविधासमेत दिने घोषणा गरेको छ । 


प्रतियोगितामा स्टार बडी फिटनेश क्लव गाईघाटका दिलिप चौधरी उपविजेता भएर २५ हजार नगदको भागीदार भएका छन् । सोही क्लवका महेश तामाङले तेस्रो स्थान पाएर १५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । विजयी खेलाडीहरुलाई त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरी र शारीरिक सुगठन, प्रदेश नं. १ का अध्यक्ष केशब श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरे ।


अन्तराष्ट्रिय निर्णायक शिव मुखिया, राष्ट्रिय खेलाडी एवम् निर्णायक पूर्ण तामाङ, शारदा दाहाल र राम दाहालले निर्णायकको भूमिका निभाएका थिए । उदयपुरमा यसअघि स्टार बडी फिटनेश क्लव, गाईघाटले २ पटक प्रतियोगिता सम्पन्न गरिसकेको छ । तर, २ वर्षअघि फैलिएको कोविड कहर सुरु भएपकिोविड कहर सुरु भएपछि प्रतियोगिताहरु रोकिन पुगेका थिए ।