आज त्रियुगा नगरसभा, कार्यालय बन्द हुने

२0७८ फाल्गुन १३ शुक्रबार
आज त्रियुगा नगरसभा, कार्यालय बन्द हुने

उदयपुर

सदरमुकाम त्रियुगा नगरपालिकाको आठौँ नगरसभा आज हुँदैछ । नगरसभा 
हुने भएपछि शुक्रबार अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिने भएको छ । 


विहान कार्यालय समेदेखि सुरु हुने र दिनभर सभा हुने भएकाले नगरपालिकाले नियमित कामकाज बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताए । ढकालले १६ वटै वडा कार्यालयमा पनि अत्यावश्यकबाहेकका सबै काम शुक्रबार नहुने बताए । 


चालु वर्षको बजेट तथा नीति कार्यक्रमको अद्र्धवार्षिक समीक्षा गर्ने तथा आवश्यक संशोधनसहित पारित गर्ने नियमित कार्यक्रम अनुसार सभा हुन लागेको हो । स्थानीयतह निर्वाचनपछिको पाँचौ वर्षको यो सभा वर्तमान जनप्रतिनिधिको अन्तिम पनि हो । अन्तिम नगरसभा भएकाले पनि यसको विशेष महत्व रहनेछ । 


अन्य स्थानीयतहहरुले यसअघि नै नगर तथा गाउँसभा गरिसकेका छन् । ताप्ली, लिमचुङब्ङ, रौतामाई र उदयपुरगढी गाउँपालिकाले गाउँसभा गरिसकेका छन् । बेलका, चौदण्डीगढी र कटारी नगरपालिकाको पनि सभा सकिइसकेको छ ।