दुर्घटनामा पैदलयात्रीको निधन, वडाध्यक्ष घाईते

२0७८ फाल्गुन १२ बिहीबार
दुर्घटनामा पैदलयात्रीको निधन, वडाध्यक्ष घाईते

उदयपुर

अघिल्लो राति त्रियुगा नगरपालिका ६ कुमारीचोकमा मोटरसाईकल दुर्घटना हुँदा पैदलयात्रीको निधन भएको छ भने चालक वडाध्यक्ष घाईते भएका छन् । त्रियुगा ६ का वडाध्यक्ष् निर्मल चौधरीले चलाएको स १ ब ८९७ नंं को मोटरसाईकलको ठक्करले पैदलयात्री सोही वडाका ५३ वर्षीय रामचन्द्र थारुको निधन भएको हो । 


राति साढे ८ बजे गाईघाट–जलजले खण्डको कुमारी चोकमा मोटरसाईकलले ठक्कर दिदा घाईते थारुको उपचारार्थ बिराटनगर लाने क्रममा बाटैमा निधन भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार वडाध्यक्ष चौधरी पनि घाईते भएकाले बिराटनगरमै उपचार भईरहेको छ । 


मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ भने घट्नाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । यसैबीच प्रहरी, प्रशासनले घट्नालाई गम्भीर रुपमा नदिएको भन्दै मृतक परिवारका आफन्त र स्थानीयले कुमारी चोकमा बिहीबार बिहान केहीबेर यातायात अवरुद्ध गरेका छन् । 


स्थानीयको चक्काजामका कारण गाईघाट–कदमाहा सडकमा डेढघण्टा यातायात ठप्प भएको थियो । स्थानीय दिपक किरातीका अनुसार पीडकमाथि कानुनी कारबाही र मृतक परवारलाई उचित क्षतिपूर्तिको माग गर्दैै चक्काजाम गरेपछि जिल्ला प्रहरीले टोली खटाएर अवरुद्ध यातायात दिउँसोदेखि सुचारु गराएको छ ।