जलजलेको पोखरीमा डुबेर महिलाको ज्यान गयो

२0७८ फाल्गुन ११ बुधबार
जलजलेको पोखरीमा डुबेर महिलाको ज्यान गयो

उदयपुर

त्रियुगा नगरपालिका ६ जलजलेस्थित रानीपोखरीमा डुबेर एक महिलाको ज्यान गएको छ । मंगलबार दिउसो पोखरीमा नुहाउन गएकी जलजलेकै ५६ वर्षीया नाक्शीमाया परियारको डुबेर निधन भएको हो । 


प्रहरीका अनु्सार पोखरीमा नुहाउन गएकी परियार नुहाउने क्रममा डुबेर मृत्यु भएको खवर पाएर टोली खट्दा उनको निधन भईसकेको थियो । घट्नाबारे इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरीले अनुसन्धन गरिरहेको जनाएको छ । 


सो पोखरीमा यसअघि पनि केही व्यक्तिको डुबेर निधन भईसकोको छ ।