कटारीका युवकमाथि भारतीय नागरिक हत्या आरोप

२0७८ फाल्गुन १0 मंगलवार
कटारीका युवकमाथि भारतीय नागरिक हत्या आरोप

उदयपुर

फागुन ७ गते कटारी नगरपालिकाको जंगलमा सडिसकेको लास फेला पर्यो । कटारी नगरपालिका ८ स्थित श्रृष्टि सामुदायिक वन समूहको जंगलमा मृत भेटिएका व्यक्ति भारतको राजस्थानका रामकिशन मिणा भएको पुष्टि भएको छ । 


निर्माण कार्यमा संलग्न रहेका उनको हत्यामा संलग्न भएको आरोपमा कटारीकै कमल बिक पक्राउ परेका छन् । कमल थापा भनेर चिनिने २८ वर्षीये बिकले ५० वर्षीय मिणालाई लेनदेनको विषयमा मादक पदार्थ सेवन गरेको अवस्थामा घाँटी कसेर हत्या गरी लास बीच जंगलमा फालेको प्रहरीले जनाएको छ । 


भारतीय बिआर ०१ बिसी ५६९७ नं. को मिणाकै गाडीमा माघ २५ गते उनको हत्या गरी लास जंगलमा फालेपछि सो गाडी भिमनगरस्थित भारतीय भूभागमा बेवारिसे अवस्थामा छाडेको तथा मिणाको मोवाईस सप्तकोसीमा पालिदिएको रहस्य प्रदेश प्रहरी कार्यालय बिराटनगरले पत्ता लगाएको छ । 


प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार ३ दिनअघि कटारी जंगलमा सडेको बेवारिसे लास फेला पर्नु र यता मिणा हराएको उजुरी इलाका प्रहरी कार्यालय पथ्ररीमा पर्नुले प्रहरी नजर बिकप्रति सोझिएको थियो । नभन्दै प्रहरी शंकाको सुईले सही काँटालाई निर्देश गरेको ठहर भएको छ । 


मिणालाई बिकले माघ २५ गते विजुलीको तारको डोरीले घाँटी कसेर हत्या गरेको पक्राउपछि दिएको बयढानले पुष्टि गरेको एसपी राईले बताए । मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाबीचको डास खोलामा निर्माणाधीन पुलको ठेक्का लिएका बिकले पुलमा पायलिङ मेशिन चलाउने मिणाको हत्या गर्नुको कारण लेनदेन भएको अहिलेसम्मको अनुसन्धनले देखाएको छ । 


मिणाको परिवारले उनी माघ २६ गतेदेखि सम्पर्कबिहीन भएको भन्दै खोजी गर्न इलाका प्रहरी कार्यालय पथरीमा हुलीयासहित निवेदन दिएका थिए । त्सपछि खोजतलास गर्दा शंका लागेपछि फागुन ९ गते पथरी नगरपािलका ८ बाट बिकलाई नियन्त्रणमा लिइएको हो । 


प्रहरीका अनुसार पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम गर्ने सम्झौता भए अनुसार डेढ महिनादेखि काम गर्दै आएका मिणालाई लिएर बिक माघ २३ गते बीरगञ्जस्थित अर्को साईट गएका थिए । वीरगञ्जबाट माघ २५ गते नै फर्के पनि सम्पर्कबिहीन भएपछि परिवारले उनको खोजी गर्न प्रहरी गुहारेको थियो । 


वीरगञ्जबाट फर्कने क्रममा बिक घर पसेर जाने गरी कटारी पसेको र त्यही क्रmममा बिबाद हुँदा उनको हत्या भएको प्रहरसी निश्कर्ष छ । पक्राउपछि मिणाका आफन्तलाई शव देखाउँदा उनकै भएको खुलेसँगै बिकलाई इलाका प्रहरी कार्यालय कटारी पठाएर अुनसन्धान सुृरु भएको एसपी राईले बताएका छन् ।