एमसीसीको बिरोधमा जिल्ला प्रशासनमा धर्ना

२0७८ फाल्गुन ८ आईतवार
एमसीसीको बिरोधमा जिल्ला प्रशासनमा धर्ना

एमसिसि विरोघमा प्रशानमा धर्ना 

उदयपुर

अमेरिकन सहयोग परियोजना मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आईतबार संसदमा टेबल हुँदै गर्दा उदयपुर जिल्ला प्रशासनमा त्यसविरुद्ध नाराबाजी भईरहेको थियो । सत्तारुद्ध दलमध्येकै एक नेकपा (माओबादी केन्द्र), जनता समाजबादी र राष्ट्रिय जनमोर्चाको चर्को बिरोध भईरहेकै बेला संससदमा एमसीसी टेबल भएका बेला नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपालगायत ५ दलीय गठबन्धनले उदयपुर प्रशासुनमा धर्ना दिएको हो । 


नेकपालागयत ५ दलीय बिरोधी गठबन्धनले जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गर्दै एमसीसी कुनै हालतमा पास हुन नहुने अडान लिएको छ। एमसीसीलाई राष्ट्र्घाती सम्झौताको संज्ञा दिदै त्यसविरुद्ध जिल्ला प्रशासन घेराउ गरिएको आन्दोलनरत दलहरुमध्ये नेकपाले  जनाएको छ । 


बिरोधी गठनबन्धन दलहरुले प्रशासन घेराउ गर्नुंअघि बजारमा बिरोध प्रदर्शन गरेका थिए । नेकपाका उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, नेकपा (माले) केन्द्रीय सदस्य रामप्रसाद चौलागाईं ,नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य मोहनसिंह तामाङ, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल जिल्ला संयोजक लिलबहादुर बिकलगायतको सहभागिता रहेको संयुक्त टोलीले प्रशासनमा घेराउ गरेको हो । 


करिब १ सय जनाको समूहले एमसीसीविरुद्ध विभिन्न नारा लगाउँदै गाईघाट लोकतान्त्रिक चोकदेखि निस्केको र्याली ट्राफिक चोक गाईघाट आँखा अस्पताल , उदयपुर जिल्ला अस्पताल हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर घेराउ गरेको हो । 


दलाल सरकार मुर्दावाद, दलालहरु होसियार, अमेरिकी साम्राज्यबाद मुर्दावाद, राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ, राष्ट्रघाती एमसिसी खारेज गरौ, दलाल सम्सदीय व्यबस्था मुर्दाबाद, संयुक्त आन्दोलन जिन्दावाद, वैदेशिक हस्तक्षेप बन्द गर र जनमत सङ्ग्रह घोषणा गर भन्ने नारा लगाउँदै प्रशासन घेराउ गरिएको हो ।