प्रजातन्त्र दिवसमा ८ कैदी जेलमुक्त

२0७८ फाल्गुन ७ शनिबार
प्रजातन्त्र दिवसमा ८ कैदी जेलमुक्त

उदयपुर

यसवर्षको प्रजातन्त्र दिवसमा जिल्ला कारागा उदयपुरका ८ कैदी जेलमुक्त भएका छन् । बिभिन्न आपराधिक गतिबिधिमा संलग्न भएको अरापमा प्रमाणित भई कारागार सजाय पाएका कैदीहरुलाई गृहमन्त्रालयको सिफारिसमा राष्ट्रपतिको आदेश अनुसार प्रजातन्त्र दिवसको अवसरमा कैदमुक्त गरिएको हो । 


कैदमुक्त हुनेमा सवारी ज्यान मुद्धाका अभियुक्त २ जना, बहुबिबाहका ४ र चोरी मुद्धाका कैदी २ जना रहेको उदयपुर कारागार प्रमुख (जेलर) कुमार खड्काले बताए । उनका अनुसार कैदमुक्त हुने सवारी ज्यानका अभियुक्तहरु लाहान नगरपालिका १७ सिराहाका ३४ वर्षीय दुर्गानन्द विश्वकर्मा र त्रियुगा नगरपालिका ४ उदयपुरका ३२ वर्षीय हेमबहादुर विश्वकर्मा रहेका छन् ।  

 

त्यसैगरी बहुबिबाह मुद्धामा दोषी करार भई जेल बस्दै आएका चौदण्डीगढी नगरपालिका १ का ३२ वर्षीय कृष्णबहादुर नेपाली, चौदण्डीगढीकै २ नं. वडाका अर्का बहुबिबाह आरोपी ३२ वर्षीय राजेन्द्र योन्जन, त्रियुगा नगरपालिका ३ का हिरा भन्ने नेत्रबहादुर खड्का र बेलका नगरपालिका २ का ४६ वर्षीय हरिमान कटुवाल रहेका छन् । 

 

चोरी आरोपमा कैद सजाय पाईरहदा छुट्न सफल अन्य २ जनामा दमक नगरपालिका झापाका ३७ वर्षीय सरोज भण्डारी र त्रियुगा नगरपालिका ४ उदयपुरका 
३६ वर्षीय नइन्द्रबहादुर बुढाथोकी रहेको जेलर खड्काले बताए । उनीहरु नेपाल सरकार तथा बिभिन्न व्यक्ति बादी भएर मुद्धा पर्दा अदालतबाट दोषी प्रमाणित भएर कैद सजाय भोग्दै आएका थिए । 

 

नेपाल सरकारको नियमानुसार राम्रो आचरण भएका, कारागारमा सहयोगी भई काम गरेका र ५० प्रतिशतभन्दा बढी कैद सजाय पाईसकेका कैदीहरुलाई गृहको सिपाmरिस अनुसार कैद सजाय छुट दिने व्यवस्था रहेको छ । छुटेका आठै जना कैदीलाई प्रजातन्त्र दिवसको दिन शनिबार विहान जेलमुक्त गरिएको खड्काले बताएका छन् ।