राप्रपाका पूर्व अध्यक्ष केसीले पार्टी छाडे

२0७८ फाल्गुन ४ बुधबार
राप्रपाका पूर्व अध्यक्ष केसीले पार्टी छाडे

उदयपुर

राजाबादी पार्टी भनेर चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उदयपुृरका पूर्व अध्यक्ष दत्तनारायण केसीसहति दुई पूर्व अध्यक्षसहित १७ जनाले पार्टीं छाडेका छन् । अर्का पूर्व अध्यक्ष लल्कुकुमार चौधरीसहित १७ जनाले राप्रपा त्यागेको घोषण एक विज्ञप्तीमार्फत गरेका हुन् ।


पार्टीमा व्यक्तिबादी चरित्र हावी भएको हुनाले आफुहरु बस्न नसक्ने भन्दै पार्टीको. साधारण सदस्यसमेत नरहने गरी बाहिरिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा पार्टीको राष्ट्रिय महाधिवेशनयता देखा परेको व्यक्तिबादी चरित्र, आन्तरिक कलह र बिबादले टुटफुट सुरु भएको भन्दै त्यस्तो पार्टीमा बस्नुको औचित्य सकिएकाले त्याग्नु परेको उनीहरुको जिकिर छ । 


पार्टीभित्र मौलाएको गलत रवैयाका कारण वर्षौदेखि काम गर्दै आएका पुराना र प्रतिबद्ध नेता कार्यकर्तामा निराशा छाएको तथा यही बेला नेतृत्वमा आएको विचलन देखिएको हुँदा आफुहरु पार्टीमा बसिरहन नसक्ने विज्ञप्तीमा उल्लेख छ । 


उनीहरुले आफुहरुले आफुहरुसँगै अन्य दुईदर्जन बढी नेता कार्यकर्ताले पार्टी छाड्ने तयारी गरिरहेको पनि बताएका छन् । तत्काललाई हस्ताक्षर संकलन गर्न नभ्याएका कारण आफुहरुले अगाडि छाडेको र अन्य २५ जनाले केहीदिनाभित्रै विज्ञप्ती निकालेर पार्टी त्याग्ने उनीहरुको भनाई छ । 


संवैधानिक राजतन्त्र र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाको गएको महाधिवेशनले राजेन्द्र लिङ्देनबाट अध्यक्षमा पराजित कमल थापाले केहीदिनअघि पार्टी परित्याग गरेका थिए । त्यसको केहीदिनपछि नै पहिल्यै दर्ता रहेको राप्रपा नेपालको अध्यक्ष भएका छन् । 


केसी र चौधरीले पार्टी त्यागे पनि थापा नेतृत्वको राप्रपा नेपालमा भने नजाने बताएका छन् । अहिले कुनै पनि दलमा नखुल्ने बताएका उनीहरुले समय आएपछि कता जाने भन्ने यकिन गर्ने बताएका छन् ।