टिफर दुर्घटनामा युवक ठहरै, चालकसहित ३ घाईते

२0७८ फाल्गुन ४ बुधबार
टिफर दुर्घटनामा युवक ठहरै, चालकसहित ३ घाईते

उदयपुर

मंगलबार राति भएको टिफर दुर्घटनामा परी उदयपुुरका एक युवकको निधन भएको छ । ३ जना घाईते भएका छन् । 


उदयपुरगढी गाउँपालिका ७ बाघखोर–कोल्टे खण्डको भित्रि सडकस्थित हाडेबास चिउरीबासमा साँझ ७ः०० बजे अनियन्त्रित भई पल्टेको टिफरमा सवार सोही वडाका १९ वर्षीय उज्वल खपाङ्गीको निधन भएको हो । 


स १ क १९० नं. को टिफर दुर्घटनामा परी टाउको र शरिरमा चोट लागेर गम्भीर घाईते भएका खपाङ्गीको जिल्ला अस्पताल गाईघाटमा उपचार हुँदाहुँदै राति पौने ८ बजे निधन भएको प्रहरीले जनाएको छ । बालुवा गिटी बोकेर नेपालटारबाट कोल्टेतर्फ जाँदै गरेको टिफरका चालक सप्तरीको कल्याणपुर नगरपालिका २ का २९ वर्षीय उमेशकुमार चौधरीलगायत ३ जना घाईते छन् । 


घाईतेमध्ये चालक चौधरी बेहोस् छन् । उनको टाउकोमा चोट लागेर गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि बाहिर लाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


अर्का र्घाइते सोही वडाका १७ वर्षीय युवराज खपाङ्गी र २४ वर्षीय भरत खपाङ्गी छन् । अचानक ब्रेक फेल भई दुर्घटनामा परेको टिफर सडकदेखि ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । 


युवराजको खुट्टामा चोट लागेको छ भने भरतको माथिल्लो ओठमा चोट लाग्नुका सथौ दाहिने कान काटिएको स्थानीय प्रहरी चौकी नेपालटारले जनाएको छ । टिफर पवित्र निर्माण सेवा कम्पनी गाईघाटको भएको बताइएको छ ।


स्थानीय चौकी र जिला प्रहरीको टोलीले घट्नास्थलको सर्जमिन मुचुलका गरी मृतकको शव पोष्टमार्टमका लागि अस्पताल ल्याएको जनाएको छ ।