१० वर्षदेखि फरार जकका अभियुक्त पक्राउ

२0७८ फाल्गुन २ सोमबार
१० वर्षदेखि फरार जकका अभियुक्त पक्राउ

उदयपुर

एक महिलामाथि जवरजस्ती करणी (जक) गरी फरार रहेका उदयपुृरका एक पुरुष १० वर्षपछि पक्राउ परेका छन् । जक अभियोगमा जरिवाना तथा कैद सजायको फैसला भए पनि भाग्दै आएका त्रियुगा नगरपालिका १३ का सुब्बे भन्ने सुवास रार्ई आईतबार भक्तपुरबाट पक्राउ परेका ह्न् । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जवरजस्ती गरेको अभियोगमा ४२ वर्षीय अभियुक्तलाई ०६८ असार ५ गते जिल्ला अदालत उदयपुरले दोषी करार गरी ५ वर्ष कैद सजाय सुनाएको थियो । तर, जिल्ला छाडेर बेपत्ता भएका उनी भक्तपुरको सुर्य बिनायकक्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । 


पुनराबेदन अदालत राजबिराजको २०६९ जेठ १ गतेको फैसलामा पनि उनलाई जिल्ला अदालतले गरेको फैसला सदर गरेको थियो । सोमबार सदरमुकाम गाईघाट ल्याईपु¥याइएका उनलाई जिल्ला प्रहरी कार्यालयले फैसला कार्यान्वयन गर्न भन्दै सोमबारै उदयपुर जिल्ला अदालतलाई बुझाएको प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए । 


उनलाई प्रहरीले बुझाएलगत्तै जिल्ला अदालतले पनि प्रतिबादी कैद भुक्तानका लागि कारागार चलान गरेको जनाएको छ ।