जनयुद्ध दिवसः बिप्लब नेकपाद्वारा कैदीबन्दीलाई फलफुल

२0७८ फाल्गुन १ आईतवार
जनयुद्ध दिवसः बिप्लब नेकपाद्वारा कैदीबन्दीलाई फलफुल

उदयपुर

‘२७ औँ जनयुद्ध दिवस’को अवसर पारेर उदयपुरमा बिबिध कार्यक्रम गरिएको छ । तत्न्कालीन नेकपा (माओबादी)ले ०५२ पागुन १ गतेदेखि थालेको १० वर्षे जनयुद्धको स्मरणमा नेकपा (माओबादी केन्द्र) र माओबादीबाट फुटेर बनेको बिप्लब नेतृत्वको नेकपाले छुट्टाछुट्टै कार्यक्रम गरी दिवस मनाएका हुन् । 


बिप्लब नेकपाले अघिल्लो साँझ गाईघाट मुख्य चोकमा दिपावली गर्नुका साथै जनयुद्धका क्रममा प्राणाहुति दिने सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यस्तै सो पार्टीले आईतबार जिल्ला कारागार शाखा गाईघाटमा रहेका कैदीबन्दीलाई फलपुफल बितरण गरेको छ । 


पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिबेक कुमाल नेतृत्वको नेकपा नेता कार्यकर्ताको टोलीले बोक्सेस्थित कारागार शाखा रहेका कैदीबन्दीलाई ४० किलो स्याउ बितरण गरेको जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले बताए । पौड्याका अनुसार कारागार प्रांगणमा आयोजित एक संक्षिप्त कार्यक्रममा २ सय ६ जना कैदीबन्दीलाई फलपुफल बितरण गरिएको हो । 


कार्यक्रममा इन्चार्ज कुमालले जनयुद्ध दिवसको सम्झनामा बिभिन्न रचनात्मक काम गर्ने पार्टीको निर्णय अनुसार कैदीबन्दीको अवस्था बुझ्न फलफुल बितरण कार्यक्रम राखिएको बताए । 


यता नेकपा (माओबादी केन्द्र) उदयपुरले अहिले साँझ गाईघाट लोकतान्त्रिक चोकमा दिपावली तथा कोणसभाको कार्यक्रम राखेको छ । पार्टीको त्रियुगा नगर कमिटी अध्यक्ष गीता खड्का (अजिता) का अनुसार २७ औं जनयुद्ध दिवसको अवसरमा अमर सहिदहरुप्रति श्रद्धाञ्जली दिन दिपावली कार्यक्रम राखिएको हो । 


दिपावली कार्यक्रममा पार्टीका बिभिन्न नेताहरुले संबोधन गर्ने तथा संघीयता र गणतन्त्रका लागि जनयुद्धको गरेको योगदान र महत्वबारे अन्तरक्रिया कार्यक्रम हुने उनले बताईन् । पूर्व लडाकु संघ उदयपुरका अध्यक्ष गुरुप्रसाद पोखरेलले जनयुद्ध दिवस मनाउने कार्यक्रम राखेकोमा पार्टीले पनि आयोजना गर्ने भएपछि संयुक्त रुपमा मनाउन लागेको बताए ।