विभेद र असमानताविरुद्ध दलित आयोग क्रियासिल छः पुर्कुटी

२0७८ माघ २९ शनिबार
विभेद र असमानताविरुद्ध दलित आयोग क्रियासिल छः पुर्कुटी

उदयपुर

समाजमा दलित समुदायप्रति हुँदै आएको बिभेद र असमानताविरुद्ध आफुहरु क्रियासिल रहेको राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले बताएका छन् । दलित पत्रकार संघद्वारा शनिबार विहान गाईघाटमा आयोजित पत्रकार भेटघाट आयुक्त पुर्कुटीले सो कुरा बताएका हुन् 


दलित आयोग सदियौँदेखि नेपालमा व्यक्ति, परिवार, समुदाय हुँदै राज्यस्तरबाटै बिभेद र असमानताको शिकार हुँदै आएकाहरुका उत्थानका लागि लागिपरेको उनले बताए । पुर्कटीले यसको समाधान भए मात्र दलित हकअधिकारको सुनिश्चित्ता हुनेमा पनि जोड दिए । 


आयोगका प्रवक्तासमेत रहेका पुर्कुटीले आयोगले वर्षदिनमा थुप्रै दलित समस्या समाधानको गतिबिधि गरेको जानकारी एक विज्ञप्तीमार्फत दिए । बेलैमा आयोग गठन नहुँदा दलितसँग सम्बन्धित कतिपय हकअधिकार संविधानमा लिपिबद्ध हुन छुटेको उनको बुझाई थियो । 


आयोग गठनपछि दलित अधिकार र संरक्षणको काम अघि बढेको र सरकार, समाज र व्यक्तिको भूमिकामा परिवर्तन आएकोे दावी पनि पुर्कुटीले गरे । दलितमाथिको बिभेद र असमानता हटाउन आयोगले नीतिगत योजना बनाएर समाधानको उपाय खोज्दै एकवर्षमा १६ वटा गतिबिधि विज्ञप्ती उल्लेख छ । विज्ञप्तीका अनुसार आयोगले मुख्यतया दलित समुदायको समग्र स्थितिको अध्ययन, अन्वेषण, नीतिगत, कानुनी र संस्थागत सुधार गर्न सुझावसहितको सिफारिस सरकारलाई गरेको, जातीय छुवाछुतका साथै सबैखाले बिभेदको अन्त्य गर्न बनेका ऐन नियम, बिनियमको कार्यान्वयन भए नभएकोबारे अनुगमन गरेको उल्लेख छ ।


दलितको मुख्य समस्या राष्ट्रियस्तरका ४३ घटनाका उजुरीसम्बन्धी आवश्यक छानविन गर्न राज्यलाई दबाब दिईरहेको र राजनितिक दलहरुमा दलित समावेशीताका लागि अनुरोधपवत्र पठाउँदै बिभेद अन्त्यका लागि सचेतनामुलक कार्यक्रमा आयोगले गरिरहेको विज्ञप्तीमा जनाइएको छ । 


दलितहरुलाई हिनताबोध हुने शब्द नबोल्न पनि उनले आग्रह गरे । समाज, व्यक्ति वा राज्य कसैले दलितलाई हिनताबोध हुने खालका शब्द नबोल्न र हेला होचो हुने व्यवहार नगर्न उनको आग्रह थियो । दलितहरु हिनताबोध सहेर, अपमानित भएर बस्न सक्ने अवस्था अव नरहेको भन्दै उनले बिभेद, अपमान र असमानताजस्ता ज्यादती सहेर अव दलितहरु नबस्ने चेतावनी दिए । 


दलितलाई समान अधिकार दिलाउँदै अघि बढ्न सबैसँग उनको आग्रह थियो ।