जन्ती बोकेको ट्याक्टर दुर्घटनामा एकको निधन १९ घाईते, बेहुला सकुशल

२0७८ माघ २७ बिहीबार
जन्ती बोकेको ट्याक्टर दुर्घटनामा एकको निधन १९ घाईते, बेहुला सकुशल

उदयपुर

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । बिहीबार विहान १० वजे मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका ७ नागबेलीको घुुम्तीमा दुर्घटना हुँदा त्रियुगा नगरपालिका १४ साउनेका १९ वर्षीय मिलन मग्रातीको निधन भएको हो । 


प्रहरीका अनसार िित्रयुगा नगरपालिका १६ रातापानीबाट उदयपुरगढीको धप्परतर्फ जाँदै गरेको जन्ती बोकेको प्र २–०१–००१ त १०९६ नं. को ट्याक्टर घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा पर्दा १९ वर्षीय मग्रातीको घटुनास्थलमै निधन भएको हो । 


दुर्घटनामा परी १९ जन्ती घाईते हुँदा बेहुला धीरेन रोक्का भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी चौकी नेपालटार, मुर्कुची र जिल्ला प्रहरी कार्यालयबाट खटेको इन्सपेक्टर कमाण्डको संयुक्त टोलीले घाईतेहरुको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएको छ । 


घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले बिराटनगर रिफर गरिएको छ । गम्भीर घाईतेहरु रौतामाई ७ की १८ वर्षीया इस्मीता अछामे, त्रियुगा १४ का २२ वर्षीय दिपेन सुयल र त्रियुगा १६ कै २६ वर्षीय सागर कोईरालालाई बिराटनगर रिफर गरिएको त्रियुगा १६ नं. वडाध्यक्ष मानबहादुर राईले बताए । 


वडाध्यक्ष राईका अन्ुसार अन्य दुईजनाको अवस्था पनि गम्भीर रहेकाले रिफर गर्ने तयारी भईरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रहरीले कानुनी प्रक्रिया सुरु भएको जनाएको छ । चालक फरार रहेकाले खोजी कार्य भईरहेको छ भने ट्याक्टर घट्नास्थलमै रहेको प्रहरीले जनाएको छ ।