नेकपा (एस)को उदयपुरगढी १ कमिटी गठन, ४ सय बढी प्रवेश 

२0७८ माघ २७ बिहीबार
नेकपा (एस)को उदयपुरगढी १ कमिटी गठन, ४ सय बढी प्रवेश 

उदयपुर

माधव नेपाल नेतृ्रत्वको नवगठित पार्टी नेकपा (एकीकृत समाजबादी)को उदयपुृरगढी गाउँपालिका १ को भेलाले कर्णबहादुर मगरको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । १ नं. वडाको मुर्रेमा मंगलबार आयोजित बृहत भेलाले मगर नेतृत्वमा ४९ सदस्यीय कमिटी गठन गरेको पार्टी गाउँ कमिटी सचिव दिलबहादुर मगरले बताए ।  

 


नव गठित कमिटी उपाध्यक्षमा मोहन आले मगर र दुर्गा खतिवडा, सचिव खड्गबहादुर रोक्का, सहसचिव खिलबहादुर मगर र कोषाध्यक्ष केशरकुमारी चापागाई छानिएका छन् । पार्टी केन्द्रीय सदस्य गंगा कार्की, केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद सुनिता चौधरी, प्रदेश कमिटी सदस्यहरु बोधकुमार घिमिरे, जिल्ला सचिवालय सदस्य पशुपति चौधरी तथा उदयपुरगढी गाउँ कमिटी इन्चार्जसमेत रहेका जिल्ला सदस्य मानबहादुर केप्छाकी मगरको उपस्थितिमा भेला सम्पन्न भएको हो । 

 


मुर्मे देउरार्लीस्थित आधारभूत विद्यालय देउरालीको प्राङ्गणमा भएको भेलाले कमिटी गठन गरेको हो । भेलाले नयाँ कमिटी गठन गर्नुका साथै बिभिन्न जनवर्गीय संगठनको पनि निर्माण गरेको छ । जस अनुसार युवा संघ समाजबादी वडा कमिटीको अध्यक्षमा खिलबहादुर मगर छानिएका छन् । उपाध्यक्ष इश्वर मगर, सचिव कमल मगर रहेको कमिटी २१ सदस्यीय रहेको छ । 


त्यसैगरी दलित समाजबादी संघको अध्यक्षमा इखबहादुर परियार चयन भएका छन् । २१ सदस्यीय कमिटीको उपाध्यक्षमा कमला सुर्खेती र सचिवमा युवराज मग्राती सार्र्की छानिएको गाउँ कमिर्टी सचिव दिलबहादुर मगले बताएका छन् । 


नेकपा (एस)ले पार्टी संगठन विस्तार अभियान अन्तर्गत प्रत्येक वडामा भेला तथा अधिवेशन गर्दै आएको इन्चार्ज केप्छाकीले बताएका छन् । गाउँपालिका अध्यक्षसमेत रहेका केप्छाकीका अनुसार उदयपुुरगढी गाउँपालिकालाई नेकपा (एस)को लालकिल्ला बनाउने योजनाका साथ संगठन निर्माण गर्ने कार्य युद्धस्तरमा भईरहेको छ । जस अनुसार ८ वटै वडामा भेला तथा अधिवेशनहरु गर्ने क्रम धमाधम भईरहेको छ । 


पार्टी गाउँ अध्यक्ष अमृत राईले संगठन विस्तारसँगै भेलामा नेकपा (एमालें) र नेपाली काँग्रेसबाट ३ सय ५० हाराहारी कार्यकर्ता नेकपा (एस) मा प्रवेश गरेका छन् । विनाशर्त पार्टीमा आएका नवप्रवेशीहरुलाई प्रदेश सदस्य घिमिरे र जिल्ला सदस्य तथा गाउँ इन्चार्ज कप्छाकीले अविर, माला र खादा लगाएर स्वागत गरेका थिए । 


नव प्रवेशीहरुलाई स्वागत गर्दै प्रदेश सदस्य घिमिरेले नेपाली कम्युनिष्ट आन्दोलनको नायक संगठनको रुपमा नेकपा (एस)लाई स्थापित गर्नुपर्ने बताए । केपी ओलीजस्ता भ्रमको खेती गर्ने, कम्युनिष्ट चरित्रविरोधी बिधिपद्धतिको खिल्ली उडाउने नेतालाई अध्यक्ष बनाइएकाले एमाले पार्टी कम्युनिष्टको नाममा कलंक भएकाले नेकपा (एस)को जन्म भएको घिमिरेले बताए । आगामी चुनावसम्ममा उदयपुरगढी गाउँपालिकामा एमालेलाई खोज्न दिउँसै बत्ती बाल्नुपर्ने अवस्था आउने भविष्यवाणी घिमिरेको थियो । 


जिल्ला सदस्य डिबि गुरुङको सञ्चालनमा भएको कार्यक्रममा घिमिरे, इन्चार्ज केप्छाकी र गाउँ कमिटी अध्यक्ष राईले नवगठित पार्टी कमिटी र जनवर्गीय संगठनका पदाधिकारी सदस्यलाई मंगलबार साँझै सपथ खुवाएका थिए ।