प्रदेश १ को मन्त्रिमण्डल विस्तार, राज्यसहित १४ मन्त्री

२0७८ माघ २३ आईतवार
प्रदेश १ को मन्त्रिमण्डल विस्तार, राज्यसहित १४ मन्त्री

बिराटनगर 
१ नं. प्रदेश मन्त्रीपरिषदले पूर्णता पाएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले ५ दलीय गठबन्धनको निर्णय अनुसार १३ मन्त्रालय बनाउँदै मन्त्रीमण्डल विस्तार गरेपछि प्रदेश सरकारले पूर्णता पाएको हो ।

 
विस्तारित मन्त्रीमण्डलमा काँग्रेस सभापति शेरबहादुर देउवानिकट प्रकाशप्रताप हाङ्गाम भूमि व्यवस्था, शेखरचन्द्र थापा वन, वातावरण र भूसंरक्षण मन्त्री बन्ने भएका छन् भने कृष्ण सिटौलानिकट ओप्रकाश सरावगी उद्योग, श्रम तथा रोजगार मन्त्री बनेका छन् । 


नेकपा (माओवादी केन्द्र)का दुईजना रामकुमार राई खानेपानी, ऊर्जा तथा सिँचाइ तथा झलकसिंह दर्लामी कृषि मन्त्री बन्दा नेकपा (एकीकृत समाजवादी)बाट ३ जना खिनु लङ्वा पर्यटन तथा संस्कृति, राजन राई सामाजिक विकास र उपेन्द्र घिमिरे सूचना, सञ्चार तथा सहकारी मन्त्री भएका छन् ।


गएको कात्तिक १६ गते नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईको मुख्यमन्त्रीत्वमा गठित सरकारमा १ राज्यमन्त्रीसहित गठबन्धनबाट ६ जना मन्त्री थिए । पुनर्गठित मन्त्रिमण्डलमा एसबाट मुख्यमन्त्रीसहित ४, काँग्रेसबाट ५, माओवादीबाट ३ र जसपा तथा स्वतन्त्रबाट १÷१ मन्त्रीको प्रतिनिधित्व हुने भएको छ । 


नवनियुक्त मन्त्रीहरुले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईको सिफारिसमा प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई नियुक्त गरेसँगै शपथ ग्रहण सम्पन्न भएको हो ।