नहरमा डुबेर बालकको निधन

२0७८ माघ २0 बिहीबार
नहरमा डुबेर बालकको निधन

उदयपुृर

यहाँका एक ३ वर्षीय बालकको नहरमा डुबेर ज्यान गएको छ । त्रियुगा नगरपालिका ७ बस्दै आएका मधुसुदन अधिकारीका छोरा लेखनाथको सोही ठाउँको नहरमा डुबेर निधन भएको हो ।

 
बिहीबार दिउँसो १ः०० बजे खेल्ने क्रममा नहरमा डुबेर बेहोस् अवस्थामा आमाले भेटेर तत्काल उपचारार्थ जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचार गर्दागर्दै निधन भएको प्रहरीले जनाएको छ । 


स्थायी घर दोलखा भएका अधिकारीको शव पोष्टर्माटमका लागि जिल्ला अस्पतालमै राखिएको छ । जिल्ला प्रहरी कार्यालयले घट्नाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।