ट्याक्टर दुर्घटनाबाट १ जनाको निधन

२0७८ माघ १९ बुधबार
ट्याक्टर दुर्घटनाबाट १ जनाको निधन

उदयपुर

बुधबार खोटाङको रावाबेशी गाउँपालिका(५ भदौरेस्थित सडकमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको न्यान गएको छ । विहान ९ः०० बजे ढुंगा बोक्न जाँदै गरेको प्रदेश २–०३–००१ त ३२९४ नम्वरको ट्रयाक्टरबाट लडेर रावाबेशी(५ का रोशन बिकको निधन भएको हो ।


सडक छेउमा कोल्टे परेको ट्याक्टरबाट लड्दा चक्काले किचेर विकको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कले जनाएको छ ।  ट्रयाक्टर र चालक रावाबेशी ३ का रोशन भुजेललाई इप्रका ऐंसेलुखर्कले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । 


मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटुना सम्वन्धमा थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।