जोनले बाँड्यो ५५ समूहलाई कृषि उपकरण 

२0७८ माघ १७ सोमबार
जोनले बाँड्यो ५५ समूहलाई कृषि उपकरण 

उदयपुर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) कार्यान्वयन एकाई उदयपुरले जिल्लाका कृषकहरुलाई यन्त्र उपकरण बितरण गरेको छ । आईतबार दिउसो आयोजित र्एक कार्यक्रममा जोनले बिभिन्न किसिमका यन्त्र उपकरण ५० प्रतिशत अनुदानमा किसानलाई बितरण गरेको हो । 


कार्यक्रममा परियोजना समन्वय अनुगमन समिति उदयपृुरका अध्यक्ष तथा जिल समन्वय समिति प्रमुख खड्ग परियार र एकाई प्रमुख रामसोगारथ साहले यन्त्र उपकरण किसानहरुलाई हस्तान्तरण गरे । परियोजनाले चालुवर्षको कार्यक्रम अनुसार ३० लाख बजेटबाट उपकरण खरिद गरी बितरण गरेको जनाएको छ । 


परियोजना एकाई प्रमुख साहले बिभिन्न स्थानीयतहका ५५ वटा कृषि सहकारी तथा समूहलाई यन्त्र उपकरण बितरण गरिएको बताए । उनका अनुसार किसानलाई धान काट्ने, मकै कोदो पिस्ने कुटानी पिसानी मिल (कम्बाईन मिल), थ्रेसर, चार्जिङ स्प्रेयर, फुड स्पे्रयर, मकै गोड्ने यन्त्र, खेत जोत्ने पावर ट्रिलर, मिनी ट्रिलरलगायत यन्त्र उपकरण बितरण गरिएको छ । 


उपकरण बितरण गर्दै जिल्ला समन्वय प्रमुख खड्ग परियारले नेपालको जिविकोपार्जन र आयआर्जनको मुख्य माध्याम कृषि नै भएको भन्दै त्यसका लागि आधुनिक कृषि उद्यममा लाग्नुपर्ने बताए । उनले यन्त्र उपकरणले आधुनिक तरिकाले कृषि उद्यम गर्न सहयोग पुग्ने र यसले आयआर्जन बढाएर समृद्धि हात पर्ने बताए । 


कृषिबाटै ेनपालीलाई करोडपति बनाउन सकिने भन्दै परियारले अव परम्परागत कृषि प्रणालीको अन्त्य गर्दै आधुनिक र यान्त्रिककरण गर्नुपर्ने बताए । सरकारले किसानलाई कृषि उद्यममा लाग्न प्रेरित गर्नका लागि अनुदानमा मल, बिउ र यन्त्र उपकरण उपलब्ध गराउदै आएको भन्दै उनले अनुदानमा पाएका यन्त्र उपकरणको भरपुर सदुपयोग गर्न आग्रह गरे । 


एकाईका लेखापाल दीपेन्द्र अधिकारीका अनुसार संघीय सरकारले दिएको ३० लाख बजेटको यन्त्र उपकरण खरिद गरी ५० प्र्रतिशत किसानलाई अनुदलानमा बितरण गरिएको हो । उनले वर्षेनी यन्त्र उपकरण बितरण गर्ने गरेको पनि  जानकारी दिए । 


कार्यालयका प्राविधिक उत्तम पोखरेलले यस वर्ष बिभिन्न ७८ थान यन्त्र उपकरण तथा २ सय ६५ थान क्रेट बितरण गरिएको बताए । पोखरेलका अनुसार पावर ट्रिलर १ थान, मिनि ट्रिलर २५ थान, कम्बाईन मिल २९ थान, वीडर १ थान, भ¥याङ ३ थान, फुड स्प्रेयर ६ थान, तौल मेसिन ५ थान, थ्रेसर २ थान, मकै गोड्ने मेसिन १ र चार्जिङ स्प्रेयर ५ थान बितरण गरिएको छ ।