ट्याक्ट दुर्घटनामा बालकको निधन, दाजु र बाउ घाईते

२0७८ माघ १६ आईतवार
ट्याक्ट दुर्घटनामा बालकको निधन, दाजु र बाउ घाईते

उदयपुर

अघिल्लो राति भएको ट्याक्टर दुर्घटना परी एकाघरका एक बालकको ज्यान गएको छ भने दाजु र बाउ घाईते भएका छन् । त्रियुगा नगरपालिका १ जोगीदहमा शनिबार राति ८ः०० बजे भएको दुर्घटनामा परी एकाघरका ३ बाउछोरा घाईते भएकोमा १० वर्षीय नितेश चौधरीको निधन भएको हो । 


त्रियुगा नगरपालिका १ रुपनीस्थित लुहाले खोलामा स १ त ४२९३ नं. को ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा पर्दा चालक ४० वर्षीय सत्यनारायण चोधरी, छोराहरु १२ वर्षीय निमिष र नितेश घाईते भएका थिए ।  


घाईतेहरुको उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा नितेशको राति ९ः०० बजे निधन भएको प्रहरीले जनाएको छ । ४० वर्षीय बाउ सत्यनारायण र निमिषको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । च


सत्यनारायणको दाहिने हात भाँचिएको छ भने निमिषको बाँया कम्मर र खुट्टामा चोट लागेको छ । दुवैको स्वास्थ्य सुधारोन्मुख र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । 


मृतकको शव पोष्टमार्टम गर्न कानुनी प्रक्रिया सुरु भएको छ भने ट्याक्टर घट्नास्थलमै रहेको छ । घट्नाको विस्तृत अनुसन्धान गर्न टोली गठन गरेर खटाइाएको छ ।